माघ महोत्सवको तयारी तिब्र, १२१ सदस्यीय स्वंयसेवक कमिटि गठन

घोराही, १५ पुस ।  घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र पारिएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा यहि पुस २२ र २३ गते जिल्ला समन्वय समितिको प्राङगन घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र बनाएको हो ।

‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम हमार योगदान’ भन्ने नारा सहित आयोजनामा हुन गइरहेको महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि स्वंयसेवक परिचालन कमिटि गठन गरिएको छ ।

महोत्सव मुल आयोजक समितिको आयोजनामा घोराहीमा भएको युवाहरुको भेलाले थारु कल्याणकारिणी सभा दाङका सदस्य अशोक चौधरीको संयोजकत्वमा १२१ सदस्यीय स्वंयसेवक परिचालन समिति गठन गरिएको हो । त्यस्तै स्वंयसेवक परिचालन समितिको सचिवालयमा लब्लिन क्यानभास, विरेन्द्र चौधरी, जंग चौधरी र कल्पना चौधरी रहेकाछन् । यसैगरी ११ वटा स्वंयसेवक परिचालन उपसमिति गठन गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले बताए ।

उनका अनुसार विरेन्द्र चौधरी, भीमबहादुर चौधरी, तीलक चौधरी, जंग चौधरी, शोभाराम चौधरी, श्रीनारायण चौधरी, कुलराज चौधरी, राजेश चौधरी, सुन्दर चौधरी, स्यानु चौधरी र मेघराज चौधरीलाई उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ । यस्तै भेलाले पुस २१ गते स्वंयसेवकको भेला तथा प्रशिक्षण कार्यक्रम राख्ने निर्णय भएको प्रचारप्रसार संयोजक दहितले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको युवाहरुको भेलामा बोल्ने बक्ताहरुले गत वर्षको महोत्सव भन्दा पृठक र नयाँपन दिनुपर्ने बताएकाथिए । त्यस्तै थारु समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारको सूनिश्चिताको लागि महोत्सव मार्फत घोराहीमा थारु समुदायको सशक्त उपस्थिति देखाउनु पर्ने बताएकाथिए । भेलामा सभाका सल्लाहकारद्धय केवी चौधरी, लक्ष्मिमान चौधरी, केन्द्रीय पार्षद सन्तोष दहित लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सभाका सचिव प्रकाश चौधरीले गरेकाथिए । यस्तै महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङगन सरसफाई गरिएकोथियो ।

दुइदिने महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङ्या लगायत ४ दर्जन भन्दा बढि नाच प्रस्तुति हुने महोत्सव मुल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणी सभा दाङका अध्यष भुवन चौधरी जानकारी दिए । यस्तै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौ थारु भाषाको पुस्तक प्रर्दशनीको लागि राखिने उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङ, माछा, गंगटा लागयत परिकारहरु समेत विक्रिवितरणको लागि राखिने छ ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित