मुक्त कमलरी चौधरी सहित सोह्र जनालाई माघ महोत्सवमा सम्मान गरिने

घोराही, २० पुस । मुक्त कमलरी विष्णु चौधरी सहित सोह्र जनालाई माघ साँस्कृतिक महोत्सव–२०७६ मा सम्मान गरिने भएको छ । ‘सामाजिक जागरण र साँस्कृतिक रुपमान्तरण हाम्रो अभियान, न्याय सहितको समृद्धिको लागि पर्यटन विकासमा हाम्रो योगदान’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटनको दिन विशेष सम्मान गरिने भएको हो । महोत्सव मुल आयोजक सचिवालय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितका अनुसार इतिहासविद महेश चौधरी, संस्कृतविदद्धय अशोक थारु, डा. गोविन्द आचार्य, पत्रकार तथा साहित्यकार डा. कृष्णराज सर्वहारी, हालै एलएलबीमा उतिर्ण गरेकि मुक्त कमलरी विष्णु चौधरी, पत्रकार सविन प्रियाशन चौधरी, दुर्गालाल केसी,बसुन्धरा गौतम, राष्ट्रिय खेलाडी पद्मा चौधरी, महटावा चन्द्रप्रसाद चौधरी, जगविर चौधरी, छोटिलाल चौधरी, सुन्दरराम चौधरी, शम्भुप्रसाद चौधरी र थारु कल्याणकारिणी सभा दाङका पुर्व अध्यक्ष फूलमान चौधरीलाई विशेष सम्मान गरिने भएको छ ।

त्यसैगरि यहि बर्ष एस.इइमा राम्रो ग्रेड ल्याई उतिर्ण गरेका निराजन चौधरी र प्रियका चौधरीलाई पनि सम्मान गरिने कार्यक्रम रहेको महोत्सव प्रचारप्रसार समितिका संयोजक दहितले जानकारी दिए ।
माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिका संयोजक तथा थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा बैठक बेसको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित