थारु समुदायको कला, संस्कृति थारुको सभ्यताः नगरप्रमुख चौधरी

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदायको कला, संस्कृति थारु समुदायको सभ्यता भएको बताएका छन् । घोराहीमा आयोजित माघ साँस्कृतिक महोत्सव २०८० अर्थात थारु सम्बत २६४७ लाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन । यहाँका स्थानिय कला, संस्कृति राज्यको सम्पति हुन्, यसको संरक्षण र प्रवद्धनको लागि उपमहानगरले सम्वन्धित समुदायसंग समन्वय र सहकार्य गरेर लागि रहेको बताए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख चौधरी थारु समुदायको भाषा, कला, संस्कृति र परम्परालाई जीवित राख्न घोराही उपहानगरले मातृभाषामै पठनपाठन थालेको बताए।

‘थारु भाषामै पाठ्यपुस्तक निर्माण गरेर पहिलो चरणमा नमूनाकारुपमा केही विद्यालयमा पठनपाठन थालिएको छ, उनले भने-यो थारु भाषाको संरक्षणका लागि त हो नै सँगसँगै मातृभाषामै पढ्न पाउने बालवालिकाको अधिकार पनि भएकाले हामीले मातृभाषामै पठनपाठन थालेका हौं ।’ यस्तै थारु भाषालाई घोराही उपमहानगरमा सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिएको समेत बताए । सरकारीस्तरबाट हुने यी कामले थारु भाषाकै संरक्षणमा बल पुग्छ भन्ने मलाई विश्वास छ, उनले भने, अब थारु कला, संस्कृतिलाई व्यवसायसँग जोड्न पर्छ । ‘हाम्रो मौलिक कला, सस्ंकृति तथा हस्तकालालाई व्यवसायीकरण गरेर आर्थिक सशक्तिकरणमा जोडिन पर्छ, नगरप्रमुख चौधरीले भने, -हाम्रा मौलिक कला, उत्पादनलाई उद्यमशिल्तासंग जोडिनुपर्छ ।’

यस्तै पुर्व सांसद एवं महिला नेतृ शान्ता चौधरी थारु समुदाय कला, संस्कृतिको हिसाबले सबैभन्दा धनि समुदाय भएको बताइन् । तर, हाम्रो कला, संस्कृति संग्राहलयमा राखिनुपर्ने अवस्था आइरहेको छ, यो विडम्बना हो, उनले भनिन्, राज्यले ठोस योजना बनाएर थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण तथा प्रवद्धनको लागि अग्रसर हुनुपर्छ । थारु संस्कृतिमा कतिपय विकृति पनि रहेको बताउदै उनले विकृतिरहित संस्कृति, मौलिक कला संस्कृतिको जगेर्णा गर्नुपर्ने बताइन ।


थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको आयोजनामा भएका माघ साँस्कृतिक महोत्सवमा थारुकल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्ण चौधरी, थारु कल्याणकारिणी सभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीलगायत, मटावा महासंघ नेपाल दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारु बुद्धिजीवी एवं थारु कल्याणकारिणी सभाका सल्लाहकार सुरेन्द्र चौधरी, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सविन प्रियासनले शुभकामना मन्तव्य राखेको थिए ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सभाकी वरिष्ठ उपाध्यक्ष रामपति चौधरीले गरेकीथिइन भने कार्यक्रमको सहजिकरण सभाका सचिव प्रणव चौधरी, सहसचिव श्री चौधरी र पत्रकार सुरक्षा चौधरीले गरेकीथिइन् । कार्यक्रममा पाँच दर्जन भन्दा बढि मघौटा नाच प्रस्तुति गरिएकोथियो । यसअघि घोराही बजारका बजार परिक्रम गरिएकोथियो

अग्रासनकर्मी सम्मानित
थारु कल्याणकारिणी सभा दाङले माघ महोत्सवको अवसरमा थारु संस्कार, संस्कृति संरक्षणमा योगदान पु¥याउनेहरुलाई सम्मान गरेको छ ।

लौव अग्रसान साप्ताहिकका सम्पादक एवं प्रकाशक सन्तोष दहित सहित, मटावा लक्ष्मीप्रसाद चौधरी, पत्रकारहरु सविन प्रियासन, सन्तोष दहित, छवि पुरी र अञ्जना चौधरी, लोकगायक चन्द्रकला शाह र प्रकाश प्रिय कुसुम्या, साहित्यकार नारायण योगी, हिरादेवी चौधरी, कृषक शोभा चौधरी, व्यवसायी खुशीराम चौधरी, खेलाडी भीम चौधरी, वीरेन्द्र चौधरी, शिक्षक भीमबहादुर चौधरी, अधिवक्ता श्रीराम चौधरी, गायिका वसन्ती चौधरी र गायक दोषहरण चौधरीलाई सम्मान गरिएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित