
नेकपा एमालेकी सचेतक तथा प्रतिनीधि सभाकी सदस्य शान्ता चौधरीले सरकारले ल्याएको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि सत्ता पक्षका मान्छेहरुको भूँडि सुधार हुने गरि ल्याएको टिप्पणी गरेकीछन् ।
नेकपा एमाले निकट नेपाल भुमिहिन, सुकुम्वासी संगठनको केन्द्रीय अध्यक्ष समेत रहेकी चौधरीले सोमबार ससंसदमा बजेटमाथि भएको छलफलमा यस्तो टिप्पणी गरेकीहुन् । यसैगरी उनले बजेटमा भुमिहिनहरुलाई लाल पूर्जा वितरण गर्ने भनिएको भएपनि कहिलेसम्म वितरण गर्ने भन्ने उल्लेख नगरेको बताउदै उनले यथासिघ्र भूमहिन तथा सुकम्वासीलाई लाल पूर्जा वितरण गर्नुपर्ने बताइन् ।
केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकाले वितरण गर्नको लागि ठिक्क पारिएको लालपूर्जा समेत अहिलेको गठबन्धन सरकारले लुकाएर राखेको चौधरीले आरोप लगाइन । निवर्तमान सरकारले भुमिहिन तथा सुकुम्बासीहरुको सस्मयाको समाधानको लागि आयोग गठन गरेर लालपुर्जा दिन तयारी गर्दागर्दै परमादेशको सरकार गठन गरेर भुमिहिन तथा सुकुम्वासीहरुलाई लालपुर्जा दिन छाडेर आयोग विघटन गर्छ, उनले भनिन् ।
‘जति सक्दो भुमिहिन तथा सुुकुम्वासीलाई लालपुर्जा दिइयोस्, उनले भनिन्,-अन्यथा सरकार विरुद्ध भुमिहिन तथा सुकुम्वासीहरुले आन्दोलन गर्न नपरोस्, सरकारलाई यो मेरो चेतावानी हो ।’