नमुना भुह्यारथान सभाहल र पहुना घरको उद्घाटन

तुलसीपुर, १२ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ जबरपुर स्थित नमुना भुइह्यार थान (ठन्वा) को प्रांगनमा नव निर्मित सभाहल तथा थारु पहुना घरको उदघाटन गरिएको छ । शनिवार एक कार्यक्रम आयोजना गरेर उक्त सभाहल र पहुना घरको उद्घाटन गरिएको हो । सभाहलको उद्घाटन प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले गरेकाथिए भने पहुना घरको उद्घाटन लुम्विनी प्रदेश सभाका सदस्य धमकली चौधरीले गरेकिथिइन ।

कार्यक्रममा सभा हलको उद्घाटन गर्दै प्रतिनीधि सभा सदस्य हिराचन्द्र केसीले भूइयारथान मध्ये तुलसीपुर क्षेत्रमा रहेको भूइयारथान सबै भन्दा अग्र स्थानमा रहेको बताएकाथिए । भुह्यारथान (ठन्वा) थारु समुदायको मात्र नभई सवैको साझा मन्दिर भएकोले यसलाई सवैको साझा मन्दिरकोरुपमा स्थापना गरिनुपर्ने बताए । थारु समुदायको आफ्नै मौलिक कला, संस्कृति छ,यो संस्कृति नै देशको गहना भएकोले थारु समुदायको कला, संस्कृतिको संरक्षण र प्रवद्धन राज्यले गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका केसीले थारु समुदायको उत्थानको लागि आफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेकाथिए ।

त्यसैगरी विशिष्ट अतिथि प्रदेश सांसद धमकली चौधरीले थारुहरुको पहिचानको लागि सबै थारुहरु एकजुट भएर प्रत्येक गाँउमा भूइयारथान निर्माण गर्न जरुरी रहेको जोड दिइन् । गाँउमा नसके प्रत्येक पालिकामा भूइयारथान (ठन्वा) निर्माण गर्नु पर्ने बताइन। त्यस्तै चौधरीले आगामि वर्षमा तुलसीपुरको भू¥यार थानको दोस्रो तला निर्माण गर्नका लागि आफुले प्रदेश सरकार संग सक्दो सहयोगको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।


नमुना भुह्यारथान (ठन्वा) समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका नेता रामजी चौधरी, नेकपा माओवादीका नेता खुशीराम चौधरी, थारु वुद्धिजीवि रोहित चौधरी, इन्द्रजित चौधरी, राम बहादुर दहित , मदन केसी , लगायतको बालेकाथिए । त्यसैगरि सभाहल र पहुना घर निर्माणमा सहयोग गर्ने सहयोगीदाताहरुलाई र नेपाल पत्रकार महासंघमा निर्वाचित थारु पत्रकारहरुलाई सम्मान गरीएको थियो । समितिका सदस्य विनोद चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण उपाध्यक्ष नारायण चौधरीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित