आयल निगमले बढायो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, १७ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित