दंगीशरणले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो

दिप्तीशिखा चौधरी/दंगीशरण

दंगीशरण गाउँपालीकाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमगरि मनाएको छ । ‘हाम्रो प्रण : समृद्ध दंगीशरण’ भन्ने मुलनाराका साथ आयोजना गरिएको कार्यक्रममा सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनीश्चितता विषयक बक्तिृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

वक्तिृत्व कला प्रतियोगितामा प्रथम रीजु लामिछाने, द्धितीय भिष्मा वली, तृतीय सुमीना चौधरी र अवीना गिरी सान्त्वना स्थान हासील गर्न सफल भएकाथिए । यस्तै कुर्सी दौड प्रतियोगितामा दंगीशरण ७ कि नारायणी देवकोटा प्रथम, सोहि वडाकी सुष्मा देवकोटा द्धितीय, दंगीशरण १ की सुनीता चौधरी तृतीय र दंगीशरण ३ की सीता वली सान्तवना भएकाथिए । प्रतियोगीतामा विजयीहरुलाई प्रमाण पत्रले सम्मान गरिएकोथियो । वक्तृत्व कला प्रतियोगिताको निर्णायकमा योजना शाखा प्रमुख लेखनाथ आचार्य र शिक्षा शाखा प्रमुख विनोद अधिकारी रहेकाथिए भने कुर्सी दौड प्रतियोगिताको निर्णायकमा प्रशासन शाखा प्रमुख यादव डांगी र कार्यक्रम अधिकृत किरण गौतम रहेकाथिए । यस्तै कार्यक्रममा उपस्थित महिलाहरुले नारी दिवस विषेश कविता, गीत र नृत्य प्रस्तुत गरेकाथिए ।

यसैविच देश लुम्विनी प्रदेश सांसद धमकली चौधरीले भाषण भन्दा पनि काम गरेर देखाउँनका लागी महिलाहरु नेतृत्वतहमा आउँन जरुरी रहेको बताइन् । घरको काम बाहेक बाहिरको काममा सक्रिय सहभागिता नदेखाउँने भएकाले महिलाहरु जहिले पनि पछि पर्ने गरेको सांसद चौधरीले भनिन् । “महिलाआफैँ पनि आफनो क्षमता देखाउँनुपर्छ अरुको आस भन्दापनि आफु सक्षम हुन जरुरी छ, उनले भनिन्, समाज अझै पनि पितृसत्तामक सोचले ग्रसित भएकाले हरेक परीवारमा सकारात्मक सोचको विकास हुन जरुरी छ ।’

कार्यक्रममा गाउँपालिका अध्यक्ष भागिराम चौधरीले सामाजिक कुसंसस्कारलाई अन्त्य गर्दै अव हरेक परिवारबाट लैँगिक हिंसा रहित परिवार बनाउँन जरुरी रहेको बताए । परिवार सभ्यभए मात्र समाज परीवर्तन र ब्यक्तिको सोचमा परिवर्तन हुन सक्ने भन्दै महिला र पुरुष बिचका विभेद अन्त्यका लागि ब्यवहारमा परवर्तन ल्याउँन आवश्यक रहेको अध्यक्ष चौधरीले बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर खड्का, वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेकाथिए । सिडका सिता चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालीका शाखाकी चन्द्रा वली गरेकिथिइन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित