घोराही माओवादीलाई दिएमा काँग्रेसले विद्रोह गर्ने

 

सत्तारुढ शिर्षतहका नेताहरुले गठबन्धनलाई मिलाएर महानगर र उपमहानगरमा भागबन्दाको लागि पटक पटक बालुवाटारमा बैठक बस्दै आएका छन् । सम्भव त आज गठबन्धनको शिर्षतहको नेताहरुको बैठकले महानगर र उपमहानगरमा टुंगो लगाउने बताइएको छ ।

उपमहानगर मध्ये दाङको घोराही उपमहानगर नेकपा माओवादी केन्द्र र तुलसीपुर उपमहानगर नेपाली काँग्रेसलाई दिने शिर्ष तहका नेताहरुको तयारी छ । तर, नेपाली काँग्रेस दाङले दाङको दुबै उपमहानगर आफ्नो नेतृत्वमा भएमात्र गठबन्धन गर्ने बताएको छ । काँग्रेस दाङलले घोराही र तुलसीपुरको नेतृत्व माओवादी केन्द्रलाई दिएमा ठाडो अस्विकार गर्ने शिर्ष तहका नेताहरुलाई चेतावनी दिदै आएको छ ।

हिज बेलुका बालुवाटारको वैठकले घोराही उपमहनगर माओवादी केन्द्रको भागमा पर्ने सहमति भइरहेको खवर सार्वजनिक भएपछि नेपाली काँग्रेस दाङले त्यसलाई अस्वीकार गर्ने बताएको छ । नेपाली काँग्रेसका प्रभावशाली एक नेताले घोराही उपमहानगर माओवादीलाई दिएमा काँग्रेस दाङले विद्रोह गर्न सक्ने बताए ।

यसैविच नेपाली काँग्रेस घोराही नगरसमितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर कुनै पनि हालतमा घोराहीको मेयर नछाड्ने दाबी गरेको छ । कांग्रेस भन्दा कमजोर जनमतमा रहेको माओवादीलाई मेयर दिएमा निर्वाचनको परिणाम सुखद नआउने भएकाले आफुहरु मेयर नछाडेन पत्रकार सम्मेलनमा नगरसभापति तिलक रावतले बताए । ‘कांग्रेसको सबैभन्दा बलियो जनमत घोराही नै हो, उनले भने, ‘यो अवस्थामा अर्कालाई छोड्ने कुरा हुन्न, अन्यथा काँग्रेसले विद्रोह गर्न सक्छ ।’

गठबन्धन दलको नेपाली काँग्रेसले भुपबहादुर डाँगी सर्वसम्मत सिफारिस गरेको छ । शिर्षतहमा सहमति भएमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता हेमराज (डायमण्ड) शर्मालाई मेयरको टिकट दिने तयारी गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित