नेकपाका सचेतक शान्ता चौधरीको घरमा चोरी


घोराही, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मिपुर स्थित घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेको भेटिएको छ । सोमबार दिउसो उनका आफन्तहरु सचेतक चौधरीको घरको बारीमा साग टिप्न जाँदा मुल गेटको ताला फोडिएको देखेपछि चौधरीलाई खवर गरेकाथिए ।

घरमा चोरी भएको आशंका लागेपछि चौधरीका आफन्तहरुले प्रहरीलाई खवर गरेका थिए । प्रहरी सहित घर भित्र पस्दा घरको सवै कोठाका दराजहरुको समेत ताला फोडेका, कोठभित्र रहेका सरसामान छरफस्ट अवस्थामा भेटिएका थिए । उपनिर्वाचन चुनावको मतगणना सकिएलगत्तै एक साता अघि चौधरी काठमान्डौ गएकीथिइन । सचेतक चौधरी अहिले घर नभएको हुदाँ के के सरसामान घरमा थिए र के कस्ता वस्तु चोरी भए भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकिय सचिव सन्तोष दहितले जानकारी दिएका छन् । उनका अनुसार घरमा कहिले चोर पसेको हो भन्ने बारेमा एकिन नभएपनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनक भट्टराइको टिम घटना स्थलमा पुगेर घटनाको बारेमा मुचुल्का उठाइसकेको छ । यसैगरि आज राति घोराही १७ बेलभार नजिकैबाट एकजाना चोरलाई पक्राउ गरिएको छ । गोग्लीमा कार्यरत प्रहरी सहयाक निरिक्षक मानवहादुर महराका अनुसार घोराही १७ बेलभार स्थित ड्रिम पार्क नजिकैबाट राती २ः४५ बजेतिर अन्दाजी २६/२७ बर्षिय युवक पक्राउ परेका हुन ।अहिले उनको विषयमा अनुसन्धान भइरहेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित