बर्कानाचको बृत्त चित्र निर्माण गरिदै (फोटो फिचर)

घोराही, १ कार्तिक । थारु समुदायको ऐतिहासिक बर्का नाचको बृत्त चित्र निर्माण गरिदै छ । थारु कल्याणकारिणी सभा दाङको अगुवाइमा बर्का नाचको बृत्त चित्र निर्माण गरिन लागिएको हो । पछिल्लो समयमा बर्का नाच लोप भइरहेकोले यसको संरक्षण र प्रवद्र्धनका निमित्त बृत्त चित्र निर्माण गर्न लागिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिए ।


पौराणिक कथा महाभारतकाे थारू भाषामा भावानुवाद बर्किमार गीतमा आधारित बर्का नाचको बृत्त चित्र निर्माणले सिंगो थारु समुदायको ऐतिहासिक दस्ताबेज त बन्ने नै भयो उनले भने,–यति मात्र नभई आउने भावि पुस्ताको लागि अध्ययन र अनुसन्धानको विषय बन्न सक्छ ।’
उनको अनुसार बर्का नाचको बृत्त चित्र निर्माणका लागि घोराही उपमहानगरपालिका वडा नं. १० जलौरा र गढवा २ महदेवामा सुटिङ गरिन लागिएको छ । करिब तीन दिनमा निर्माण गर्न लागिएको बर्का नाचको बृत्त चित्रमा बर्का नाचको अगुवा एवं महटावा चन्द्र प्रसाद चौधरीको नेतृत्वमा बेझलाल चौधरी लगायत कलाकारहरुको सहभागिता रहेको छ । (पत्रकार तथा साहित्यकार छविलाल कोपिलाले खिचेको बर्का नाचको तस्विर हेर्नुस्)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित