यो जटिल अवस्थामा पनि आफ्नो जोखिम मोलेर भएपनि रातदिन उपचाररतमा खटिरहनुभएका स्वास्थ्यकर्मीहरु, जनताको सुरक्षाका लागि सडकमा तैनाथ भएर बसिरहनुभएका सम्पूर्ण सुरक्षा कर्मीहरुप्रति सलाम र मेरो सम्मान छ । त्यसैले हामी सवै नेपालीहरु आफ्नो लागी मात्र नभई आफ्नो परिवार, छिमेकी, टोल, गाउँ , समाज र देशका लागी लकडाउनको पालना गरौं । सामाजिक दुरी कायम गरौं । उच्च सर्तकता सहित घरभित्र बसौं ।
शान्ता चौधरी
यतिबेला कोरोना भाइरसले विश्वलाई चूनौति दिइरहेको छ । कोरोनाको कारणले विश्वभरका मानिसहरुमा डर, त्रास र भय उत्पन्न भएको छ । कोरोना भाइरसकै कारण एक लाख भन्दा बढिले ज्यान गुमाइसेका छन्, १९ लाख भन्दा बढि मानिस कोरोना संक्रमितबाट पीडित छन् । दिनप्रतिदिन कोरोना संक्रमित बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकोले यो महमामारी कोरोना भाइरसबाट बच्नका लागि अहिले विश्वका धेरैजसो देशहरुले लकडाउन गरेको अवस्था छ । हाम्रो देश नेपालमा पनि गत चैत ११ गते देखि लकडाउन जारी छ ।
मंगलबार मात्र बसेको मन्त्रीपरिषदको वैठकले नेपालमा बैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ । नेपाल सरकारले कोरोना भाइरसबाट बच्नका लागि उच्च सतकर्ता सहित सामाजिक दुरी कायम गर्न, लकडाउनको पालन गर्न आग्रह गरिरहदा पनि यसरी नेपालमा पछिल्लो जानकारी अनुसार १६ जना कोरोना संक्रमति विरामीहरु भेटिएकाछन् । यो जटिल अवस्थामा पनि आफ्नो जोखिम मोलेर भएपनि रातदिन उपचाररतमा खटिरहनुभएका स्वास्थ्यकर्मीहरु, जनताको सुरक्षाका लागि सडकमा तैनाथ भएर बसिरहनुभएका सम्पूर्ण सुरक्षा कर्मीहरुप्रति सलाम र मेरो सम्मान छ । त्यसैले हामी सवै नेपालीहरु आफ्नो लागी मात्र नभई आफ्नो परिवार, छिमेकी, टोल, गाउँ , समाज र देशका लागी लकडाउनको पालना गरौं । सामाजिक दुरी कायम गरौं । उच्च सर्तकता सहित घरभित्र बसौं । घरभित्र बसेर पनि धेरै कामहरु गर्न सकिन्छ ।
नेपालमा लकडाउन भएपछि म पनि घरमै छु । अहिले म काठमाण्डौको ग्वार्को स्थित आफ्नै डेरामा बसिरहेको छु । भौतिक रुपमा काठमाण्डौमा भएपनि मेरो मन मेरो गृह जिल्ला दाङमा छ । र पनि म मेरो समुदाय, मेरो बर्ग गरिब , विपन्न एवं दैनिक मजदुरी गरेर खाने नागरिकहरुको बारेमा धेरै चिन्तित छु । त्यसैले काठमाण्डौमा बसेर भएपनि प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि एवं जिल्लाबासी साथीहरुसंग नियति सम्पर्कमा नै छु । खासगरि राहतको बारेमा चासो दिईरहेकै छु । हुन त राहतको लागि सरकारले राहत प्याकेजको निर्णय गरेअनुसार स्थानीय तह मार्फत वितरण गर्ने काम गरिरहेको छ । तर पनि जो पाउनुपर्ने समुदाय, बर्गहरुले पाइरहेका छन् की छैनन् त्यसको विषयमा खोजिनीति गर्ने, चासो गर्ने मेरो दायित्व र कर्तव्य पनि हो ।
नेपाल सरकारले नेपाललाई लकडाउन घोषणा गरेपछि विगतको भन्दा अहिले अरु जस्तै मेरो पनि दैनिकीमा केहि परिवर्तन आएको छ । म प्रायजसो बिहान ५ बजे नै उठ्ने गर्दछु । उठेर नित्यकर्म पछी रुममै योगा गर्छु । नियमिति व्याम गर्छु । र सरसर्ति विभिन्न अनलाइन मा समचारहरु हेछु, र सामाजिक संजाल फेसवुक हेरिसकेपछि एकछिन आफ्नो कोर्षका बुकहरु पढ्ने गर्दछु । त्यसपछि ७:३० बजेपछि जिल्लामा रहेका पार्टीका नेता, कार्यकर्ता, स्थानीय तहका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारीहरुलाई समेत सम्पर्क गरेर जिल्लाको बारेमा जानकारी लिने गर्दछु । यसैगरि देशभरिका भुमिहिन, सुकुम्बासी, मुक्त कमैया, कमलरी, हलिया, मजदुर, किसानका अगुवाहरुका नेताहरुसंग राहत पाए नपाएको अवस्थाको बारेमा जानकारी लिने गर्दछु ।
पश्चिम नेपालबाट काठमाडौं अध्ययन गर्न आएका विद्यार्थी, मजदुर हरुको अवस्था बुझ्ने र उनिहरुको समस्या समाधान गरिरहेको छु, कतिपय मजदुरलाई आफ्नै व्यक्ति सहयोग गर्ने गरेको छु भने कतिपयलाई सरकार र स्थानीय जनप्रतिनिधिहरुसंग समन्वय गरेर सहयोग गर्ने बतावरण मिलाउदै आएको छु । त्यसैगरी अलपत्रपरेका मजदहरुलाई गन्तव्यसम्म पुर्याउनका लागी सम्बन्धित निकायमा समन्वयको काम गरिरहेको छु । यसरी कामपछि फुर्सदको समयमा मेरो कोर्षको कितावहरु अध्ययन गर्ने गर्दछु । त्यसैगरि कोरोना सम्बन्धि विभिन्न आलेख, समाचारहरु पढ्ने, विभिन्न साहित्य पुस्तकहरु पढ्ने गरिरहेको छ । यसैगरि बचेको समयमा छिटफुट साहित्यि सिर्जना गर्ने र मेरो घरबेटि भनुकी मेरो अत्यन्त मिल्ने साथी एवं समाजसेवि सुष्मा राइसंग शारिरक स्वास्थ्यका लागि एकछिन नाच्ने र गाउने गरेर मेरो दैनिकी वितिरहेको छ ।