फेसबुकको नाम परिवर्तन “अब मेटा”

काठमाडौं, १२ कार्तिक । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा हुनेछ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राख्ने घोषणा गरेका छन् । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताएका छन् ।

“हामी एक कम्पनी हौँ, जसले एकआपसमा जोडिने प्रविधि निर्माण गर्दछ । सँगै, हामी अन्ततः मानिसहरूलाई हाम्रो प्रविधिको केन्द्रमा राख्न सक्छौँ’”, मार्क जुकरबर्गले भनेका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित