दंगीशरण वर्ड गार्डेन र्पाक संचालनमा (फोटो फिचर सहित)


तुलसीपुर, ११ भदौं । जिल्लाको एकमात्र धरोहर दंगीशरण दरवार सुकौराकोटमा दंगीशरण वर्ड गार्डेन पार्क संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र हालै निर्माण गरिएको वर्ड पार्क औपचारिकरुपमा उद्घाटन गरेपछि संचालनमा आएको हो ।
गत साउन २१ गते एक कार्यक्रम आयोजना गरेर उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५ का मन्त्री लिला गिरीले राजा दंगीशरणको शालिक अननवरण र पार्कको उद्घाटन गरेकाथिए ।
करिब साढे दुइ हेक्टर भन्दा बढि क्षेत्रफल ओगेटेको दरबार भित्रको पश्चिम साइडमा ५० वाई ५० मिटर क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५ को आर्थिक सहयोगमा पार्क निर्माण गरिएको तुलसीपर ११ का वडा अध्यक्ष चित्रवहादुर वलीले जानकारी दिए । उनका अनुसार दंगीशरण राजाको शालिक र पार्क निर्माणमा २५ लाख खर्च भएको छ । (फोटो फिचर हेर्नुहोस)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित