दंगीशरण वर्ड गार्डेन र्पाक संचालनमा (फोटो फिचर सहित)


तुलसीपुर, ११ भदौं । जिल्लाको एकमात्र धरोहर दंगीशरण दरवार सुकौराकोटमा दंगीशरण वर्ड गार्डेन पार्क संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र हालै निर्माण गरिएको वर्ड पार्क औपचारिकरुपमा उद्घाटन गरेपछि संचालनमा आएको हो ।
गत साउन २१ गते एक कार्यक्रम आयोजना गरेर उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५ का मन्त्री लिला गिरीले राजा दंगीशरणको शालिक अननवरण र पार्कको उद्घाटन गरेकाथिए ।
करिब साढे दुइ हेक्टर भन्दा बढि क्षेत्रफल ओगेटेको दरबार भित्रको पश्चिम साइडमा ५० वाई ५० मिटर क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५ को आर्थिक सहयोगमा पार्क निर्माण गरिएको तुलसीपर ११ का वडा अध्यक्ष चित्रवहादुर वलीले जानकारी दिए । उनका अनुसार दंगीशरण राजाको शालिक र पार्क निर्माणमा २५ लाख खर्च भएको छ । (फोटो फिचर हेर्नुहोस)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित