कोरोनाबाट सजग हुन विपद व्यवस्थापन समितीको आग्रह

दंगीशरण ६, चैत्र।
दंगीशरण गाउँपालिकाले विपद व्यवस्थापन न्यूनिकरणका लागि विविध कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको विपद व्यवस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कुनै पनि बेला कोरोना संक्रमित हुन सक्ने भन्दै सचेतना प्रदान गर्ने, पर्चा, पम्प्लेट टास्ने, सभा, भोज, भतेर नगर्ने गरेको थाहा पाएमा रोक्ने लगाएतका निर्णय गरेको छ ।
बैठकमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले देशव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्नका लागि सचेतनामूलक कार्यक्रम गर्ने, तिव्र तयारीका लागि चेकजाचँका लागि मेसनरी औजार तयारी अवस्थामा राख्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । यस्तै घर आंगन र ब्यक्ति स्वयम् सरसफाईमा ध्यान दिन आग्रह गरे । यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले दंगीशरणका नागरीकलाई सचेतना प्रदान गर्न स्वास्थ्यकर्मीहरु खटिनुपर्ने बताइन् । प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले आपतकालीन समय आउँन सक्ने भन्दै स्वास्थ्यकर्मीहरुका लागि विदा स्विकृत नहुने बताए । दंगीशरणका सरोकारवाला निकायहरु पनि सतर्कतापूर्वक लाग्नुपर्ने बताए ।
स्वास्थ्य शाखा प्रमुख दसरथ गिरीले दंगीशरणका सबै स्वास्थ्य चौकि तथा केन्द्रले कोरोना रोगको संक्रमणबाट सजग हुनका लागि नागरीकलाई सचेतना प्रदान गरिरहेको बताए । गाउँपालिका भित्रका कुनै पनि नागरीक सचेत हुनुपर्ने भन्दै प्रचारप्रसार गरिरहेको र स्वास्थ्य शाखा विपतका समयमा चेकजाचँका लागि तयारी अवस्थामा रहेको बताए । चेकजाचँका लागि सबै स्वास्थय केन्द्रमा ह्यान्डसेनिटाईजर, मास्क, ग्लोबस, क्याप, एप्रोन, डिटोल साबुन लगाएतका सामग्री पठाईसकेको बताए । शिक्षा शाखा प्रमुख विनोद अधिकारीले गाउँपालिकाका सम्पूर्ण सामुदायीक विधालय समयमै पूर्ण रुपमा वन्द भईसकेको जानकारी दिए । बैठक गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित