सर्पको टोकाइबाट हिरा थारुको मृत्यु

बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका –१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।

थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि बर्दिया अस्पताल लागिएको थियो । बर्दिया अस्पतालमा उपचार सम्भवन नभएपछि नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको थियो ।

भेरी अस्पतालमा उपचारको क्रममा थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिनु भयो ।

अस्पतालमा उपचार सम्भव नभएपछि  थप उपचारका अस्पताल थारूलाई  भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको अस्पताल मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनुभयो । थारूको उपचारको क्रममा शुक्रबार दिउँसो  १२ बजेर  २० मिनेटमा भेरी अस्पताल नेपालगन्जमा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिनुभयो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित