संस्कृतिविद अशोक थारु नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट पुरस्कृत

घोराही, २४ मंसिर । थारु लोक संस्कृतिविद अशोक थारु नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट सम्मानित भएकाछन् । राष्ट्रपती भवन शितल निवासमा सोमबार भएको नेपाल प्रज्ञा–प्रतिष्ठानबाट आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहको अवसरमा थारुलाई पुरस्कृत एवं सम्मान गरिएको हो ।

नेपालको तराइ मधेशमा बोलिने थारु मातृभाषा साहित्यको समृद्धिमा लामो समय देखि पु¥याएको योगदानको कदर गर्दै थारुलाई एक लाख नगद सहित पुरस्कृत एवं सम्मान गरिएको हो । राष्ट्रपती विद्यादेवी भण्डारी, नेपाल एकाडेमीका कुलपती गंगाप्रसाद उप्रेती, उपकुलपती डा.जगमान गुरुङले संयुक्त रुपमा पुरस्कार प्रदान गरेकाथिए । कार्यक्रममा थारु सहित एक दर्जन बढि विभिन्न भाषामा कमल चलाउदै आएका लोककलाकर्मीहरुलाई पुरस्कृत एवम सम्मान गरिएकोथियो ।


थारुले थारु लोक साहित्य महाकाब्य बर्किमार नेपाली र थारु भाषामा, थारु लोक साहित्यमा इतिहास कला र दर्शन, थारु सस्कृति अन्तर्गत लोककलाहरुको शास्त्रीय पहिचान र विश्लेशन, पश्चिमाञ्चलका थारु समुदायका सामाजिक संस्कार, बर्का नाच, अ फोलकर भिजन अफ द महाबेहगरा अंग्रेजी भाषामा लगायत दर्जनौ थारु लोक साहित्यका कृतिहरु प्रकाशित गरेकाछन् ।
दंगिशरण ३, हेकुली निवासी थारुले विगत दुइ दशक देखि थारु लोक कला, लोक संस्कृतिमा कलम चलाउदै आएकाछन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित