बर्दिया-२, मा रेशमलालका बुवा लालविर दोब्बर मतले अगाडि

 बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी करिब दोब्बर मतले अगाडि छन् ।
नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी ३ हजार ४३६ मत ल्याएर अग्रता कायम गरेका छन ।
चौधरी रेशमलाल चौधरीका बुवा हुन । रेशमलालको उम्मेदवारी खारेज भएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका लालबिरलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेकोथियो ।
त्यसैगरी नेकपा माअोवादीका नेता सुरेश पन्थले १ हजार ९१० मत ल्याएर दोस्रो स्थानमा छन । पन्थलाई नेपाली काँग्रेस, नेकपा एसले समर्थन गरेको छ । त्यस्तै एमालेका पंकजसिंह रठौरले १ हजार २ मत ल्याएर पछ्याईरकेका छन ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित