दाङको घोराहीमा दुइदिने माघ महोत्सव हुने

दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा थारु संघसस्थाको सहआयोजनामा यहि पुस २७ र २८ गते दुइ दिने माघ साँस्कृतिक महोत्सव-२०७८ हुने भएको हो ।

थारु कला, संस्कृतिको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सफल बनाउनको लागि भोली २० गते मंगलबार घोराहीमा थारु संघसस्थाको अगुवा तथा प्रतिनीधिहरुको भेला अयोजना गरिएको थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार भेलामा महोत्सवलाई सफल बनाउनको लागि विभिन्न समिति तथा उपसिमित गठन गरिने छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित