घोराही ४ को वडा अध्यक्षमा मुनाल घिमिरेको चर्चा

पार्टीको भेलामा सम्वोधन गर्दै नेता मुनाल घिमिरे

घोराही, ८ फागुन । स्थानीय तहको निर्वाचन नजिकिदैगर्दा स्थानीय तहमा उम्मेदवारहरुको पनि चर्चापरिर्चा सुरु भएको छ । जिल्लाको ठूलो उमहानगरपालिकाको मुख्य बजारसंग जोडिएको घोराही उपमहानगरपालिका वडा नं. ४ मा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादीबाट सम्भावित उम्मेदवारहरुको चर्चा हुन थालिएको छ ।

विगतमा नेपाली काँग्रेसको लालकिल्लाको रुपमा चिनिएको वडा नं. ४ मा २०७४ को स्थानीय तहको निर्वााचनमा भने एमालेले क्लिन स्विप गरेकोथियो । यसपालिको निर्वाचनमा पनि नेकपा एमाले र नेपाली काँग्रेसमा को बाजि मार्ला भन्ने व्यापक वहस हुन थालिएको स्थानियहरुले बताउछन् । एमालेले २०७४ को विरासतलाई जोगाउनको लागि परेको छ भने नेपाली काँग्रेसले जिल्लाको लालकिल्लाको रुपमा चिनिएको वडालाई पुनः ब्यूताउनेमा लागि परेको स्थानीय अगुवाहरुले बताउछन् । यदपी नेकपा एमाले र काँग्रेसबाट कुन व्यक्तिलाई उठाउने त्यसमा पनि भर पर्ने स्थानीय सेबक पोख्रेलले बताए ।

कोभिड विरामीलाई पौष्टिक खानेकुरा सहयोग गर्दै नेता मुनाल घिमिरे

यदपी अहिले पनि घोराही ४ मा नेकपा एमाले बलियो रहेको स्थानीयहरु बताउछन् । त्यसमा पनि नेकपा एमालेबाट मुनाल घिमिरे उठेभने २०७४ को स्थानिय तहको निर्वाचन भन्दा बढि मत ल्याएर निर्वाचित हुने स्थानीय पोख्रेलल दाबि गरे । उनका अनुसार घिमिरे एमालेको नेता मात्र नभइ स्थानिय तहमा भिजेका नेता भएकोले सर्वाधिक मतले निर्वाचित हुने बताए । घिमिरेले टिकट पाएमा एमालेको त छदै छ, नेपाली काँग्रेस, माओवादीको को मत समेत ल्याउने उनले दाबी गरे ।

पार्टीका नेता तथा कार्यकर्ताहरुसंग घरदैलौमा नेता मुनाल घिमिरे

घोराही ४ का जनताको सिपाहीको रुपमा चिनिएको घिमिरे विकास प्रेमी नेतासंगै हरेक विपत्तीमा जनताको घरदैलोमा पुगेर साथ दिने गरेको स्थानीय विमल सुवेदीले बताए । कलाकार समेत रहेका घिमिरे लगनशिल र कुशल युवा नेताको रुपमा परिचित छन् । उनि कोरोनाको महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी जनताको घर घरमा पुगेर कोभिड विरामीलाई भेट्न, उपचारको बन्दोवस्त गर्ने, पौष्टिक आहारा पुर्याउने अभियन्ताको रुपमा समेत चिनिन्छन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित