घोराही ४ को वडा अध्यक्षमा मुनाल घिमिरेको चर्चा

पार्टीको भेलामा सम्वोधन गर्दै नेता मुनाल घिमिरे

घोराही, ८ फागुन । स्थानीय तहको निर्वाचन नजिकिदैगर्दा स्थानीय तहमा उम्मेदवारहरुको पनि चर्चापरिर्चा सुरु भएको छ । जिल्लाको ठूलो उमहानगरपालिकाको मुख्य बजारसंग जोडिएको घोराही उपमहानगरपालिका वडा नं. ४ मा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादीबाट सम्भावित उम्मेदवारहरुको चर्चा हुन थालिएको छ ।

विगतमा नेपाली काँग्रेसको लालकिल्लाको रुपमा चिनिएको वडा नं. ४ मा २०७४ को स्थानीय तहको निर्वााचनमा भने एमालेले क्लिन स्विप गरेकोथियो । यसपालिको निर्वाचनमा पनि नेकपा एमाले र नेपाली काँग्रेसमा को बाजि मार्ला भन्ने व्यापक वहस हुन थालिएको स्थानियहरुले बताउछन् । एमालेले २०७४ को विरासतलाई जोगाउनको लागि परेको छ भने नेपाली काँग्रेसले जिल्लाको लालकिल्लाको रुपमा चिनिएको वडालाई पुनः ब्यूताउनेमा लागि परेको स्थानीय अगुवाहरुले बताउछन् । यदपी नेकपा एमाले र काँग्रेसबाट कुन व्यक्तिलाई उठाउने त्यसमा पनि भर पर्ने स्थानीय सेबक पोख्रेलले बताए ।

कोभिड विरामीलाई पौष्टिक खानेकुरा सहयोग गर्दै नेता मुनाल घिमिरे

यदपी अहिले पनि घोराही ४ मा नेकपा एमाले बलियो रहेको स्थानीयहरु बताउछन् । त्यसमा पनि नेकपा एमालेबाट मुनाल घिमिरे उठेभने २०७४ को स्थानिय तहको निर्वाचन भन्दा बढि मत ल्याएर निर्वाचित हुने स्थानीय पोख्रेलल दाबि गरे । उनका अनुसार घिमिरे एमालेको नेता मात्र नभइ स्थानिय तहमा भिजेका नेता भएकोले सर्वाधिक मतले निर्वाचित हुने बताए । घिमिरेले टिकट पाएमा एमालेको त छदै छ, नेपाली काँग्रेस, माओवादीको को मत समेत ल्याउने उनले दाबी गरे ।

पार्टीका नेता तथा कार्यकर्ताहरुसंग घरदैलौमा नेता मुनाल घिमिरे

घोराही ४ का जनताको सिपाहीको रुपमा चिनिएको घिमिरे विकास प्रेमी नेतासंगै हरेक विपत्तीमा जनताको घरदैलोमा पुगेर साथ दिने गरेको स्थानीय विमल सुवेदीले बताए । कलाकार समेत रहेका घिमिरे लगनशिल र कुशल युवा नेताको रुपमा परिचित छन् । उनि कोरोनाको महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी जनताको घर घरमा पुगेर कोभिड विरामीलाई भेट्न, उपचारको बन्दोवस्त गर्ने, पौष्टिक आहारा पुर्याउने अभियन्ताको रुपमा समेत चिनिन्छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित