कुसुन्डा सुमदायले भने– ‘हाम्रो पहिचानको लागि एकीकृत बस्ति हुनुुपर्छ’

कुसुन्डा समुदायले आफ्नो पहिचानको एकीकृत बस्ति हुनुपर्ने बताएकाछन । शनिवार घोराहीमा लोपोन्मुख कुसुन्डा खाद्यअधिकार समुहद्धारा आयोजित कुसुन्डा समुदायको अधिकार र सवालको विषयमा भएको छलफलमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएकाहुन । उनिहरुले एकीकृत बस्ति भएमा आफ्नो मातृ भाषा, कला, संस्कृतिको संरक्षणमा टेवापुग्ने बताएका थिए ।

लोपोन्मुख कुसुन्डा खाद्य अधिकार समुह (बेगै मन्नी)का अध्यक्ष धनवहादुर कुसुन्डाले कुसुन्डा समुदायको भाषा, कला, संस्कृतिको संरक्षणको लागि एकीकृत बस्ति हुनुपर्ने कुरामाजोड दिए । ‘हाम्रो समुदायको जनसंख्या यसै पनिकम छ, त्यो पनिछरिरएर बसेको छ, उनले भने, एकीकृत बस्ति भयो भने हामी सधै आफ्नो बस्तिमा आफ्नै भाषामा बोल्ने, आफ्नै रितिरिवाज, संस्कार अनुसार गतीविधि गर्न थाल्यो भने आउने नया पुस्ताले पनि सिक्दै जाने र हाम्रो पहिचान पनि झल्किने हुन्छ ।’ किताबमा लेखेर मात्र कुसुन्डाको भाषा, संस्कतिको विकास नहुने भन्दै उनले भने, व्यवहारिक र सैद्धान्तिक रुपमा भयो भने इतिहास कामय संगै हाम्रो मातृभाषा तथा मौलिक भेषभुषा, कला, संस्कृतिलाई जिवन्त राख्न सकिन्छ । त्यसैगरि उनले लोपोन्मुख कुसुन्डा समुदायको लागि रोजगार, आया आर्जन सम्वन्धि तालिम र बालबालिकाहरुको शिक्षामा निशुल्क हुनपर्ने बताएका थिए ।

यसैगरि हाम्रो नाममा अझै सम्मलालपुर्जा छैन, लालपुर्जा नपाएपनिहाम्रो भाषा, कला, संस्कृतिको संरक्षणको लागि एकीकृत बस्ति बनाएर हामी कुसुन्डाहरुलाई संगै बस्ने व्यवस्था गरिदिए हुन्थ्यो समुहकी उपाध्यक्ष कनि कुसुन्डाले भनिन् । आफ्नो समुदायको छुट्टै किसिमको भाषा, कला, संस्कृतिथियो, जन्म, मृत्यु, विवाह र पूजा सम्बन्धी संस्कार पनि फरक नै थियो तर, अहिले सवै लोप भएका अवस्था छ, उनले भनिन्, अब हामीले चाहेर पनिहाम्रो भाषा, कला, संस्कृतिको जगेर्णा गर्न सकिरहेका छैनौ, त्यसैले राज्यले हाम्रो समुदायको संस्कृतिको लागि गम्भिर भएर सोच्नुपर्छ ।’

यसैविच लोपोन्मुख कुसुन्डा खाद्य अधिकार समुहको अध्यक्ष धनवहादुर कुसुन्डाको अध्यक्षता तथा फियान नेपालका कार्यक्रम संयोजक सुरेश कुमार गौतमको प्रमुख आतिथ्यमा बसेको बैठकले यहि माघ मसान्तको स्थानीय सरकारसंग कुसुन्डा समुदायको अधिकार र सवालको विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित