थप ५३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

घोराही ५ जेठ । । सोमबार थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५३ जना मध्ये बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् । त्यसैगरि दाङ, मोरङ, धनुषा, रौतहट, गुल्मी र धादिङमा १/१ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित