सहकारीलाई उत्पादनमुखि बनाऔं : वडा अध्यक्ष चौधरी


घोराही, २६ मंसिर । घोराही उपमहानगरपालिका १७, का वडा अध्यक्ष खुशीराम चौधरीले सहकारीलाई उत्पादनमुखि बनाउनुपर्ने कुरामा जोडदिएका छन् । बुधबार घोराहीको चौघेरामा आयोजित डगर कृर्षि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रममालाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन् । उनले सामुहिक रुपमा व्यवसायि गर्नसकेमा सहकारीको कारोबार बढ्ने र बेरोजगारहरुलाई स्वरोजगार बनाउनमा पनि सहयोग पुग्ने हुनाले सहकारीलाई उत्पदामुखिसंग जोडेर अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका चौधरीले आर्थिक सशक्तिकरण र आत्मनिर्भरका लागि सहकारीमा आबद्ध हुनुपर्ने जरुरी रहेको बताएकाथिए । त्यसैगरि पछाडि परेका बर्ग समुदायको जिवन स्तरलाई माथि उठाउनका लागि पनि सहकारी संस्थाले ठूलो सहयोग पु¥याउदै आएको बताउदै चौधरीले सहकारीमा शेयर सदस्यहरु पनि बढाउनुपर्ने कुरामा जोड दिएकाथिए । उनले सहकारीमा जतिधेरै शेयर सदस्य हुने त्यति धेरै सहकारीमा बचत हुने र ऋण लगानी गर्नेहरुको संख्या पनि उत्तिकै बढ्ने भएकोले सहकारी संस्थालाई फराकिलो बनाउदै जिल्लाको नमुना सहकारीको रुपमा विकास गर्ने आग्रह गरे । डगर कृषि सहकारी सस्था विशेष गरि मुक्त कम्लरी र पछाडि परेका महिलादिदी बहिनीहरुको भएकोले उहाँहरुको नेतृत्व विकासका लागि र सहकारीको विकासका लागि वडाबाट सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकाथिए ।


यसैगरि कार्यक्रममा चौघेरा मन्दिर व्यवस्थापन समितिका प्रमुख डा. नारायण योगीले मुक्त कम्लरीहरुको आर्थिक शसक्तिकरणका लागि यो सहकारी सस्था महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा जोड दिएकाथिए । उनले सहकारीमा बचत गरेको पैसा सहि ठाउँमा सदुपयोग गर्न सकेमा मुक्त कम्लरीहरुको आथिक समृद्धिको लागि ठूलो सहयोग हुने बताएकाथिए ।
सस्थाकी अध्यक्ष अंगिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एफकेडिएफका सहकारी अधिकृत शिवा चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव सन्तोष दहित, थारु कल्याणकारिणी सभाका सचिव प्रकाश चौधरी, गन्यारी कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरी, ओजरार कृषि सहकारी सस्थाकी व्यवस्थाक मनिषा चौधरी लगायतले शुभकामना मन्तव्य राखेकाथिए । सस्थाकी उपाध्यक्ष शुसिला चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सस्थाकी व्यवस्थापक विष्णु चौधरीले गरेकीथिइन ।

डगर कृषि सहकारी संस्थालाई ५ हजार सहयोग


यसैविच डगर कृर्षि सहकारी संस्थालाई चौघेरा व्यवस्थापन मन्दिरका प्रमुख डा.नारायाण योगिले आफ्नो व्यक्तिगत पाँच हजार सहयोग गरेकाछन् । उनले सस्थाको आठौं बार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम बोल्दै मुक्त कम्लरीहरुले संचालन गरेको सहकारीको हौसला प्रदानको लागि पहिलो पटक नगद ५ हजार सहयोग गर्छु भन्दै सस्थाका अध्यक्ष अंगिता चौधरीलाई रकम हस्ताणतरण गरेकाथिए । साथै उनले आगामी दिनमा उक्त सहकारीको लागि मन्दिर व्यवस्थापन समतिबाट सहयोग जुटाउनका लागि प्रतिबद्धता समेत व्यक्त गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित