प्रवासी नेपाली मञ्च, यूकेको क्षेत्रीय अध्यक्षमा जोनी पहारी

प्रवासी नेपाली मञ्च, यूकेको स्कटल्याण्ड क्षेत्रीय कमिटीको अध्यक्षमा जोनी पहारी चयन भएकाछन् ।

सोमबार भएको स्कटल्याण्डको राजधानी एडिनवरमा आयोजित अधिवेशनले पहारीलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी प्रवासी नेपाली मञ्च, यूकेको उपाध्यक्षमा यज्ञमूर्ती ढकाल, सचिवमा निर्देशन त्रिपाठी, उपसचिवमा मोती खरेल चयन भएकाछन् । यसैगरी सदस्यहरुमा दिपक भट्टराई, कुलप्रसाद खत्री र सल्लाहकारहरुमा तोय सापकोटा, उद्धव भट्टराई, प्रवेश केसी चयन भएकाछन् ।

अधिवेशनमा नेकपा (एमाले( का उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रवासी मञ्चको आगामी बाटो, भूमिकाको विषयमा विशेष प्रशिक्षण दिएकाथिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेले एमालेलाई बलियो बनाउनेमा प्रवासी नेपाली मञ्चको महत्वपूर्ण भूमिका रहेको समेत बताएकाथिए ।

कार्यक्रमा नेकपा (एमाले) का नेता तथा प्रतिनिधीसभाका सदस्य मकवानपुरका कृष्णप्रसाद दाहाल, सुनसरी १, का जयकुमार राई, पर्वतका पदम गिरी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ, प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष सुरेन्द्र थपलिया र वरिष्ठ उपाध्यक्ष तुंगभद्र भूषालको समेत सहभागिता रहेकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित