माओवादी नेता विहानी चौधरी एमालेमा प्रवेश

तत्कालिन नेकपा माओवादी दाङका प्रभावशाली युवा नेता सहदेव ‘विहानी’ चौधरी एमालेमा प्रवेश गरेकाछन् । लुम्विनी प्रदेशका प्रथम मुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बुधबार घोराहीमा चौधरीलाई एमालेमा प्रवेश गराएका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनको लागि मंगलबार गृह जिल्लामा आएको समयमा महासचिव पोख्रेलले तत्कालिन नेकपा माओवादीका नेता चौधरीलाई एमालेमा प्रवेश गराएका हुन् । एमालेमा प्रवेश गरेका चौधरी जिल्लाका प्रभावशाली युवा नेता हुन । चौधरी तत्कालिन नेकपा माओवादीमा विद्रोह गर्दै पछिल्लो समय विप्लव माओवादीमा लागेका थिए ।

यसैविच नेकपा एमाले दाङका इन्चार्ज समेत रहेका पोलिट व्यूरो सदस्य नरुलाल चौधरीले विहानी चौधरीको प्रवेशले जिल्लामा पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेकाथिए । उनले नवप्रवेशी नेता चौधरीलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिने बताएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित