यो बर्षको अट्वारी भदौं ७ गते, प्रदेश सरकारद्धारा सार्वजनिक विदा

घोराही, २९ साउन । थारु समुदायले यस वर्ष भदौ ७ गते अट्वारी मनाउने भएकाछन् । अष्टिम्की पछिको दोस्रो आइतबार अर्थात कुशे औसी पछिको आइतबार अट्वारी मनाउने प्रचलन भएकोले यस वर्षको अट्वारी भदौं ७ गते पर्न गएको थारु अगुवाहरुले बताएकाछन् ।

तस्विरः कुलदिप न्याैपाने

यसैविच थारु समुदायका साझा संस्था थारु कल्याणकारीणी सभा दाङले यस बर्षको अट्वारी भदौ ७ गते भएको जनाएको छ । सभाका अध्यक्ष भुवन चौधरीले सरकारी तथा गैह्रसरकारी निकायवाट प्रकाशित पात्रोहरुमा अट्वारीको तिथी सम्वन्धमा कही कतै उल्लेख नगरिएकोहुदाँ यस वर्षको अट्वारी तिथी कहिले हो भन्ने विषयमा दुविधा परेको हुन सक्छ तर महटावा, गुरुवा, देशवन्ढ्या (पण्डि), तथा थारु संस्कृतविदहरुसंग छलफल गर्दा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार यसव वर्षको अट्वारी भदौ ७ गते परेको जानकारी दिए । थारु समुदायले प्राचिनकालदेखि ‘अट्वारी’ पर्व मनाउदै आएको थारु अगुवाहरु वताउने गर्दछन । यो पर्वमा प्रदेश पाँचको दाङ, बाँक,े बर्दिया, कपिलवस्तु, सुदुरपश्मिच प्रदेशमा कैलाली र कञ्चनपुर र कर्णाली प्रदेश को सुर्खेत जिल्लामा भव्यताका साथ उल्लासमय वातावरणमा मनाउदै आएकाछन् । ‘अट्वारी’ थारु समुदायका पुरुषले मात्र मनाउदै आएको पाइन्छ ।

यसैगरि थारु कल्याणकारिणी सभा दाङले अट्वारी विदाको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश नं ५ बुटवलमा पत्र पठाएको छ । थारु समुदायको ठुलो चाड अट्वारीमा प्रदेश नं ५ मन्त्रीपरिषदले सार्वजनिक विदा दिने निर्णय गरकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै भाद्र महिनाको ०७ गते अट्वारी परेको हुनाले उक्तदिन सार्वजनिक विदाको सूचना जारी गरिदिनहुन सभाले अनुरोध गरेको छ ।

यसैगरि प्रदेश नंं पांच सरकारका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले दंगीशरण खवर डटकमसंग फोनमा कुरा गर्दै थारू समुदायको अट्वारीमा सार्वजनिक विदा दिने निर्णय भइसेको जानकारी दिए । उनले भने,–‘थारु समुदाय लगायत यहाँका आदिवासी जानजाती मुस्लिम समुदायको पर्वमा सार्वजनिक विदा दिने निर्णय यस अघि नै भएकोले थारु समुदायको महान पर्व अट्वारीमा भदौ ७ गते प्रदेश सरकारले सार्वजनिक विदा दिन्छ ।’

प्रदेश ५ मन्त्रीपरिषदको प्रवक्ता समेत रहेका मन्त्री चौधरीले थारु समुदायको अट्वारी पर्वमा सार्वजनिक विदा दिने निर्णय भइसकेकोले अबको एकदुइदिनमा सार्वजनिक गरिने जानकारीदिए । सम्वन्धित समुदायबाट भदौ ७ गते नै अट्वारी पर्व भएको परिपत्र आइसकेकोले हामीले सोहि अनुसार विदाको सूचना जारी गर्छाैं, उनले भने ।

गत वैशाख १० गते बसेको प्रदेश ५ को मन्त्रीपरिषदको वैठकले थारु समुदायको अट्वारीमा १ दिन, माघीमाा २ दिन, मुस्लिम समुदायको इदपर्वको १ दिन सर्वाजनिक विदा दिने निर्णय गरिसकेको छ । त्यसैगरि प्रदेश सरकारले निश्चित पर्व मनाउने समुदाय र ठाउँमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । भूमे पूजा रुकुम, रोल्पा र भगवती जात्रा पाल्पा जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित