भारतबाट आएका तीनजना दंगीशरणकाे क्वारेन्टाइनमा

दंगीशरण, ८ जेठ । भारतबाट आएका दंगीशरणका ३ जना पुरुषलाई आज विहिबार दंगीशरणको क्वारेन्टाइनमा राखिएको छ ।

दंगीशरण गाउँपालिका वडा न.६ का २१ बर्षका एक जना र वडा न. ७ का २२ बर्षका र २७ बर्षका दुई जनागरि तीन जना पुरुषलाई क्वारेन्टाइन मा राखिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरिले जानकारि दिए। उनका अनुसार एक जना गुहा र दुई जना भारतको उत्तर प्रदेशबाट आएका हुन ।

उनिहरु नाकामा अलपत्र अवस्थामा छन् भन्ने खबर पाएपछि पालिकाले एम्बुलेन्स मार्फत ल्याएर सिधै क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरिले जानकारी दिए । उनिहरु भारतबाट आएकाले विशेष सतर्कताका साथ ल्याएर क्वारेन्टाइनमा राखिएको अध्यक्ष चौधरिले बताए । साथै अध्यक्ष चौधरीले छिमेकी देश भारत र जिल्ला बाहिरबाट घर घर फर्किने नागरिकहरुलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् । अहिले गाउँ पालिका स्थित बिरेन्द्र मा.बि. मा रहेको क्वारेन्टाइनमा १ महिला र ४ पुरुष गरि ५ जना रहेका छन् ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित