कांग्रेसले भोली घोराहीमा बृहत शक्ति प्रदर्शन गर्ने

घोराही, ६ असोज । नेपाली कांग्रेसले घोराहीमा बृहत शक्ति प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान समापनका अवसरमा भोली असोज ७ गते घोराहीमा बृहत शक्ति प्रदर्शन गर्न लागिएको कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले आइतबार एक विज्ञप्ती जारीगरि यस्तो जानकारी गराएकाहुन ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत घोराहीमा बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेकाले लोकतन्त्रमा आस्था राख्ने पार्टी नेतृत्व, भातृ संगठन, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, शुभेच्छुक, कार्यकर्तालगायत नागरिक समाज लगायत सबैलाई उपस्थिति हुन विज्ञप्ती मार्फत यस्तो आग्रह गरेका हुन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित