महासंघ प्रदेश ५ को साधारणसभा कार्तिकको मसान्तमा ठाकुरद्धारामा हुने

पत्रकार महासंघ प्रदेश ५ को साधारणसभा कार्तिकको मसान्तमा ठाकुरद्धारामा हुने
नेपालगन्ज, ११ असोज । नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति को प्रथम साधारणसभा आगामी कार्तिक २९ र ३० गते बर्दियाको ठाकुरद्वारामा हुने भएको छ ।
समितिको शुक्रवार बाँकेको गाभरभ्याली होमस्टेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अध्यक्ष मौसम रोकाको अध्यक्षतामा बसेको वैठकले साधारणसभाको स्थानीय व्यवस्थापन महासंघ बर्दिया र बाँके शाखालाई जिम्मा दिइएको महासंघका महासचिव भेषराज बस्नेतले जानकारी दिए । उनका अनुसार महासंघका नयाँ सदस्य लगायत सदस्यता विवरण कतिपय शाखाले प्रदेश समितिमा नपठाएको पाईएकोले असोज मसान्तभित्र अनिवार्य रुपमा पठाईसक्न जिल्ला शाखालाई आग्रह गरिएको छ । त्यसैगरि वैठकमा नेपाल पत्रकार महासंघ दाङ शाखाले विधान विपरित कार्य गर्ने सदस्यहरुलाई कार्वाहीको लागि पठाएको सिफारिश स्वीकृत गरिएको छ ।
त्यसैगरि नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति महिला विभाग उपाध्यक्ष दीपा पौडेल संयोजक हुनेगरी प्रदेश समितिका सदस्य महिला र जिल्ला शाखाका उपाध्यक्ष महिलालाई सदस्यमा मनोनित गरिएको छ ।वैठकले नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले आयोजना गरेको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका कार्यक्रम सम्पन्न गर्न सहकार्य गर्ने बैजनाथ गाउँपालिका, इन्रुडेक बाँके, गाभर होमस्टेलाई धन्यवाद दिदै प्रमुख अतिथि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलप्रति हार्दिक आभार ब्यक्त गरिएको महासंघका महासचिव बस्नेतले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित