निजामती कर्मचारी संगठनको शुभकामना आदानप्रदान

 

नेपाल निजामती कर्मचारी संगठन दाङले दशैको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सोमबार घोराहीमा एक कार्यक्रम आयोजना गरेर शुभकामना आदानप्रदान गरेको हो ।

कर्मचारीहरुलाई शुभकामना दिदै नेकपा एमालेकी केन्द्रीय सदस्य मेनका पोख्रेलले समाज रुपान्तरणमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताएकीथिइन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी पोख्रेलले निजामति कर्मचारीले जनताको सेवक भएर काम गर्नुपर्ने बताइन । यस्तै पोख्रेलले देश अहिले निर्वाचनमा गइसकेकोले नेकपा एमालेलाई विजयी बनाउनको लागि सवैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताइन । त्यसैगरी मंसिर ४ गते हुने निर्वाचनमा कर्मचारीहरुलाई निष्पक्ष धाँधली रहित भूमिका खेल्न समेत उनले आग्राह गरेकी थिइन ।

संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा कार्यक्रममा कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य गोकर्ण वली, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य नारायणप्रसाद घर्ती, राष्ट्रसेवक बहुमुखी सहकारीका अध्यक्ष गणेश दाहाल, पेशागत महासंघ दाङका अध्यक्ष खिमबहादुर डाँगी, मोहनसिंह सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण संगठनका सचिव बाबुराम न्यौपानेले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित