थारु समुदायले अट्वारी मनाउदै, लुम्विनी र सुदूरपश्चिममा आज सार्वजनिक विदा

थारु समुदायले आज धुमधामकासाथ अट्वारी पर्व मनाउँदैछन् । विशेषगरि लुम्विनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा थारु समुदायकाे बाहुल्यता रहेका  जिल्लाका थारु समुदायले याे पर्व मनाउन लागेकाहुन् ।  कृष्णअष्टमीको दोस्रो आइतवार अर्थात कुशे औसीको पहिलो आइतबारका दिन थारु समुदायले हरेक वर्ष अट्वारी पर्व मनाउने गर्दछन् । माघीपछि ठूलो पर्वको रुपमा मनाउने यस पर्वलाई पश्च्मि नेपालका थारुहरुले विशेषगरि अट्वारी मनाउने गरेको थारु अगुवाहरु बताउछन् । थारु समुदायले माघी पर्वपछिको दोस्रो पर्वको रुपमा अट्वारी मनाउने गरेको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताए । उनका अनुसार थारु समुदायले अट्वारीको अगाडिको दिन शनिवार राति दर खाने र अट्वारीको दिन दिनभरि व्रतबसि नुहाइधुवाइ गरेर बेलुका ५-६ बजेतिर भीमको नाममा पूजापाठ गर्ने गर्दछन् ।

ब्रतालुहरुले घरको वैठक कोठामा निपपोट गरेर गहुँ र अनदी चामलको पीठोको रोटी पकाउने र रोटी पकाइसकेपछि काँक्रा, अम्बा लगायत विभिन्न फलफूल तथा दहिको भागबन्दा गर्छन् र सवै ब्रतालुहरुले आ–आफने भागबन्दाबाट दिदीवहिनीहरुकोलागि आधा आधा भाग छुट्याउने र भीमको नाममा पूजापाठ गरेपछि आफूले खाने चलन रहेको चौधरीले बताए । यसरी अट्वारीको दोस्रोदिन पनि ३ देखि ५ थरिको तरकारी र भात पकाएर अघिल्लोको दिन जसरी पूजा पाठ गरेर खाइसेपछि दिदीबहिनीका लागि छुट्याइएको भागलाई अग्रासन (कोशेली) को रुपमा दिन जाने चलन रहेको उनले बताए । उनका अनुसार लुम्विनी,सुदूरपश्चिम र कणाली प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् । ‘यस पर्वलाई सद्भाव र भातृत्वको पर्वको रुपमा लिनसकिन्छ, उनले भने,–‘विशेष त वर्षैदिनसम्म दाजुभाइ तथा दिदीवहिनीहरुको विचमा भेटघाट हुदैन, तर अट्वारीमा हामीविच विशेष विशेष भेटघाट हुने र छरछिमेकीको विचमा समेत माया, ममता, सदभाव कायम हुनेगर्दछ ।’

लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारद्धारा सार्वजनिक विदा
यसैविच अट्वारी पर्वको असवरमा लुम्विनी प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायलाई सार्वजनिक विदा दिएको छ । लुम्विनी प्रदेश सरकारले दाङ, बाँके, वर्दिया र सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक विदा दिएको सूचना निकालेको छ । त्यसैगरि लुम्विनी प्रदेश र सूदुरपश्मि प्रदेश भित्र थारु बाहुल्य जिल्ला रहेका सवै स्थानीयतहले सार्वजनिक विदा दिएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित