थारु समुदायले अट्वारी मनाउदै, लुम्विनी र सुदूरपश्चिममा आज सार्वजनिक विदा

थारु समुदायले आज धुमधामकासाथ अट्वारी पर्व मनाउँदैछन् । विशेषगरि लुम्विनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा थारु समुदायकाे बाहुल्यता रहेका  जिल्लाका थारु समुदायले याे पर्व मनाउन लागेकाहुन् ।  कृष्णअष्टमीको दोस्रो आइतवार अर्थात कुशे औसीको पहिलो आइतबारका दिन थारु समुदायले हरेक वर्ष अट्वारी पर्व मनाउने गर्दछन् । माघीपछि ठूलो पर्वको रुपमा मनाउने यस पर्वलाई पश्च्मि नेपालका थारुहरुले विशेषगरि अट्वारी मनाउने गरेको थारु अगुवाहरु बताउछन् । थारु समुदायले माघी पर्वपछिको दोस्रो पर्वको रुपमा अट्वारी मनाउने गरेको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताए । उनका अनुसार थारु समुदायले अट्वारीको अगाडिको दिन शनिवार राति दर खाने र अट्वारीको दिन दिनभरि व्रतबसि नुहाइधुवाइ गरेर बेलुका ५-६ बजेतिर भीमको नाममा पूजापाठ गर्ने गर्दछन् ।

ब्रतालुहरुले घरको वैठक कोठामा निपपोट गरेर गहुँ र अनदी चामलको पीठोको रोटी पकाउने र रोटी पकाइसकेपछि काँक्रा, अम्बा लगायत विभिन्न फलफूल तथा दहिको भागबन्दा गर्छन् र सवै ब्रतालुहरुले आ–आफने भागबन्दाबाट दिदीवहिनीहरुकोलागि आधा आधा भाग छुट्याउने र भीमको नाममा पूजापाठ गरेपछि आफूले खाने चलन रहेको चौधरीले बताए । यसरी अट्वारीको दोस्रोदिन पनि ३ देखि ५ थरिको तरकारी र भात पकाएर अघिल्लोको दिन जसरी पूजा पाठ गरेर खाइसेपछि दिदीबहिनीका लागि छुट्याइएको भागलाई अग्रासन (कोशेली) को रुपमा दिन जाने चलन रहेको उनले बताए । उनका अनुसार लुम्विनी,सुदूरपश्चिम र कणाली प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् । ‘यस पर्वलाई सद्भाव र भातृत्वको पर्वको रुपमा लिनसकिन्छ, उनले भने,–‘विशेष त वर्षैदिनसम्म दाजुभाइ तथा दिदीवहिनीहरुको विचमा भेटघाट हुदैन, तर अट्वारीमा हामीविच विशेष विशेष भेटघाट हुने र छरछिमेकीको विचमा समेत माया, ममता, सदभाव कायम हुनेगर्दछ ।’

लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारद्धारा सार्वजनिक विदा
यसैविच अट्वारी पर्वको असवरमा लुम्विनी प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायलाई सार्वजनिक विदा दिएको छ । लुम्विनी प्रदेश सरकारले दाङ, बाँके, वर्दिया र सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक विदा दिएको सूचना निकालेको छ । त्यसैगरि लुम्विनी प्रदेश र सूदुरपश्मि प्रदेश भित्र थारु बाहुल्य जिल्ला रहेका सवै स्थानीयतहले सार्वजनिक विदा दिएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित