थारु कल्चरल भिलेज र सभा हलको एकैदिन मुख्यमन्त्रीद्धारा शिलान्यास

प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले थारु कल्चरल भिलेजलाई पर्यटन प्रबद्धनको रुपमा विकास गर्न सकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा न. ३ स्थित रानीवनमा थारु समुदायको सस्ंकृति जगेर्ना गर्ने उद्धेश्यले निर्माण हुन लागेको थारु कल्चरल भिलेजको शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले थारु समुदायले शासन ब्यवस्था कायम गरेकाले थारु समुदायका सस्ंकृतिलाई अगाडि बढाउँनका लागी थारु कल्चरल भिलेज निर्माण हुनु दंगीशरणबासीका लागी थारु ईतिहासलाई दर्शाउन सकिने बताए ।

थारु जातिको ईतिहास दवीएको अवस्थामा रहेकोले थारु सस्ंकृतिको म्यूजियमको रुपमा अगाडि बढाउँन सकिने बताए । मन्त्रीपोख्रेलले भने – “थारु कल्चरल सहित बसोबास गर्ने बनाउँदा राम्रो हुनेछ । सरकारले संरचना बनाउँने तर स्थानीय समुदायले चासो नदिएपछि केहि हुदैन तपाईहरु यसबाट आफनो जिवन स्तर माथी उठाउँने माध्यमका रुपमा लिने हो भने समुदायले मात्र नभई पर्यटनको गन्तब्यको रुपमा लिन सकिन्छ । गाउँवस्ती होमस्टेको रुपमा विकाश गर्दा गाउँ बनाउँन लाग्नुस् अवस्य सफल भईन्छ ।” साथै मन्त्री पोख्रेलले थारु बाहुल्यता रहेको दंगीशरणमा थारु समुदायले शासन गर्दै आएको गाउँपालिकाको रुपमा चिनीएको गाउँपालिका भएकाले यहाँका थारु समुदायको उत्थान र यस ठाउँको विकाश हुन सक्ने बताए ।
सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले ८५ बिगाहा जग्गाको पाचँ कट्ठा जमीनमा बन्दै गरेको थारु कल्चरल भिलेज स्थापना गर्ने मनसाय ल्याएको र वनजंगललाई जोगाउँनका लागि पनि पर्खाल लगाउँने काम गर्ने बताए । थारु समुदायको सस्ंकृति झल्कने घर, पिकनीक स्पोर्ट र बालबालीका रमाउँने स्थलको रुपमा निर्माण गर्ने योजना अगाडि सारेको बताए ।
२ करोडममा भिलेज बन्दै
थारु कल्चरल भिलेज प्रदेश सरकारको २ करोडको लागतमा निर्माण हुन लागेको हो । यसको जिम्मा जय भवानी निर्माण सेवा कोहलपुरले जिम्मा लिएको छ । थारु कल्चरल भिलेज यहि असाढ मसान्त सम्म सम्पन्न भईसक्ने जय भवानी निर्माण सेवा कोहलपुर प्रोप्राईटर ऋसीराम सापकोटाले बताए ।
दंगीशरणको आफ्नै सभाहल बन्दै


यसैविच आईतबार दंगीशरणमा निर्माण हुन लागेको सभाहलको पनि मुख्यमन्त्री पोख्रेलले शिलान्यास गरेकाछन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले अघिपछि आम समुदाय जमघट हुने ठाउँ र विपदमा परेका बेला विपतमा परेका नागरिकलाई राख्ने ठाउँ बनाउँने प्रदेश सरकारको नीति अनुरुप सभा हल निर्माण गर्ने योजनालाई अगाडि बढाएको बताए । सभा हल क्वालीटिपूर्ण रुपमा बनाउँनुपर्ने भन्दै मन्त्री पोख्रेलले दीगो रुपमा टिकाउँनका लागि क्वलिटीमा कम्प्रमाईज नगर्न आग्रह गरे । निर्माण कार्यलाई ढिलासुस्ती नगर्न आग्रह गर्दै मन्त्री पोख्रेलले आएका बजेटलाई काममा लगाउँन र नया कामका लागि बजेट विनीयोजन गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।
प्रदेश सरकारको १ करोड २० लाखको लागतमा निर्माण हुन लागेको सभाहल ३ सय मान्छे अट्न सक्ने हलको रुपमा निर्माण हुनलागेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताए । सभा हल २०७७ माघ सम्म सम्पन्न गरिसक्ने गरि योजना अघि बढाईएको ओम ऋषि कन्ट्रकसन कोहलपुरका प्रोप्राईटर भोजराज पनेरुले जानकारी दिए । कार्यक्रममा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले गुणस्तरीय र पारदर्शी तरीकाले काम अगाडि बढाएको जानकारी दिए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित