अग्रासनका सम्पादक दहितलाई मदन स्मृति पत्रकारिता पुरस्कार

प्रेस चौतारी दाङको ९औ जिल्ला अधिवेशनमा अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई पुरस्कृत एवं सम्मान गरेको छ । दहितलाई मदन स्मृति पत्रकारीता पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो । यसैगरि चौतरीले टिका बस्नेतलाई चौतारी योगदान पुरस्कारबाट पुरस्कृत गरिएकोथियो ।

त्यसैगरि प्रतिभा पुरस्कारबाट पुरस्कार चन्द्रप्रकाश नेपाली, हिम स्मृति सहासिक पत्रकारिता पुरस्कार बालकृष्ण पाण्डे, प्रेस चौतारी प्रतिभा पुरस्कार एकराज भण्डारी, उत्तम अधिकारी, रमा नेपाली, सविता सुनार, मञ्जु रोका मगर, नीता चौधरी र सुरक्षा चौधरी पुरस्कृत भएकाछन् ।

चौतारीले यस वर्ष सञ्चारगृह तर्फ राप्ती पोष्ट दैनिक, रेडियो प्रकृति र राजमार्ग अनलाइनलाई सम्मान गरेको छ ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित