जनप्रतिनीधि र शिक्षकले प्रारम्भिक कक्षा पढाईबारे ज्ञान


दंगीशरण, २ फागुन । दंगीशरण गाउँपालिकाका जनप्रतिनीधि र शिक्षासम्बद्ध पदाधिकारीले विधार्थीहरुलाई कसरी शिक्षण गराउँने भन्ने विषयमा ज्ञान लिए । कक्षामा सिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउँन शिक्षकले ध्यान दिनुपर्ने कुराहरुका बारेमा शिक्षकहरुले निश्कर्ष निकाले ।
कार्यक्रममा विभिन्न समुह बनाई निष्कर्ष निकालेका शिक्षकहरु प्रारम्भिक कक्षा पढाई कार्यक्रमको शिक्षण ढाँचा अनुशार तालीममा सिकेका कुराहरु धेरै नै शिक्षण विधीमा प्रयोग भएको, बालबालीकाहरुको मनोभावना अनुशार शिक्षण गरेको, ९० मिनेटको समय लिएको, बालमैत्री बसाई अनुशार पठनपाठन गराएको, स्थानीय सामग्री प्रयाप्त मात्रामा भएको, विधार्थीको उमेरगत कक्षागत विधार्थी भएको, पढाइए कुनाको व्यवस्था रहेको, कक्षाकोठा छापामय भएको, विधालय अनुगमन र सल्लाह सुझाव अभिलेख राख्ने गरेको उनीहरुले चार्ट विधीमार्फत देखाए ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रमको निरनतरताबाट बालबाीकालाई विधालयमा नियमीत गराउँन, अभिभावकहरुको पढाई प्रती हेर्ने दृष्टिकोणमा सुधार ल्याउँन विधार्थी सिकाई उपलबिधमा सुधार ल्याउँन, विधालय, अभिभावक विच सम्बन्ध स्थापित गर्न, सन्दर्भ सामग्रीको प्रयोग गर्न सहयोग पु¥याएको बारे जानकारी समेत दिए । यस्तै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँन शिषकलाई पुर्नताजकि तालीम दिनुपर्ने,अन्य निकायबाट अनुगमन गर्नुपर्ने, प्रधानाध्यापक बाट कक्षा अवलोकन गरि विषय शिक्षकलाई पृष्ठपोषण दिनुपर्ने लगाएतका कुराहरु बारे छलफल गरेका थिए । यस्तै सहभागि शिक्षक तथा जनप्रतिनिधीहरुले व्यवस्थापन कार्यविधी संरचना,शिक्षकको जिम्मेवारी, प्रधानाध्यापक, ईञ्चार्जको जिम्मेवारी, स्थानीय शिक्षा शाखा, शिक्षा विकाश तथा सम्बद्ध ईकाई प्रमुख तथा शिक्षा तालीम केन्द्रका कार्यहरु लगाएतका विषयमा पनि छलफल माफैत ज्ञान लिए । कार्यक्रममा उपस्थित शिक्षकहरुले शिक्षण सिकाई क्रियाकलापमा प्रयोगमा आउँने सामग्री शिक्षक निर्देशिका किताव, अभ्यास पुस्तिका, पिन ह्वील चार्ट, झ्यालेपत्ती, ठूलो किताव, नेपाली वर्णमाला, वर्णपत्ती, शब्दपत्ती, नेपाली बाह्रखरी, बालगित चार्ट, ताखा खाजा, सन्दर्भ सामग्रीका बारेमा समेत जानकारी लिए ।
स्थानीय तहका जनप्रतिनिधी तथा शिक्षासम्बद्ध पदाधिकारीहरुका लागि तिन दिन भएको क्षमता विकाश कार्यशालामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका बारेमा ज्ञान लिने र दिने विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा शिक्षा विकाश तथा समन्वय ईकाई दाङ्गका देवमणि चौधरीले राष्ट्रिय प्रारमिभक कक्षा पढाई कार्यक्रमको परिचय, रणनितीहरु, कार्यक्रम तथा उपलब्धिहरु लगाएतका विषयमा जानकारी गराएका थिए । यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा प्रमुख चक्र बहादुर भण्डारीले स्थानीय पालिकाको शिक्षा पाश्र्वचित्रको ढाचाँ तथा तयारी प्रक्रिया, स्थानीय तहमा एकिकृत शैक्षीक व्यवस्थापन सूचना प्रणली बाट प्राप्त तथ्यांक तथा सिकाई उपलब्धिको नतीजा विश्लेषण तथा उपयोगका बारेका जानकारी गराएका थिए । प्रारम्भिक कक्षा पढाई कार्यक्रमका कार्यक्रम अधिकृत पुरुषेत्तम गिरीले प्रारम्भिक कक्षा पढाई कार्यक्रमको परिचय, ब्यवस्थापन र कक्षाकोठामा यसको प्रयोग, शिक्षक पेशागत सहयोग निर्देशिकाको परिचय तथा छलफल, शिक्षक पेशागत सहयोग रणनितीहरु तथा तिनको सस्ंथागत समायोजन लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाले जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुको तिन दिने क्षमता विकाश कार्यशाला पछि विविध विषयमा कार्ययोजना समेत तयार पारेको छ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा भएको भएको कार्यक्रममा अध्यक्ष चौधरीले शिक्षालाई प्राथमिक्ता दिएर गाउँपालिका अगाडि बढेको भन्दै अवका दिनमा शिक्षक र अभिभावक सुधारमा र गाउँपालिका आर्थीक रुपमा अगाडि बढे थोरै समयमा शिक्षा सुधार हुने बताए । यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले अझै पनि विधालयले शिक्षण सामग्री प्रयोगमा नल्याई अध्यापन गराईरहेको भन्दै भोलीको नतिजामा कस्तो आउँला भन्ने तर्फ ध्यान दिनुपर्ने बताईन् । यस्तै गाउँपालिकाका प्रवक्ता विर बहादुर वलीले प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु नगरेरै विधालय संचालनमा रहेकाले विधालयले राम्रो नतीजा नल्याएको बताए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित