दाङका १४ पत्रकारमा कोरोना संक्रमण

दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार जिल्लाका विभिन्न मिडियामा कार्यरत १४ पत्रकारलाई कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर रहेका छन् । गम्भीर संक्रमितको उपचार भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।

त्यसैगरि १२ जना पत्रकार अहिले होमआइसोलेसनमा बसेको पत्रकार महासंघ दाङका अध्यक्ष केसीले वताए । संक्रमित पत्रकारहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइरहेको र उनीहरुको अवस्था सुधारान्मुख उनले बताए । महासंघले हालै मात्र संक्रमित पत्रकारहरुको लागि आफ्नै भवनमा ६ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको गरेको छ ।

घरमा समस्या भएका संक्रमित पत्रकाहरुलाई नेपाल पत्रकार महासंघमा स्थापना गरिएको आइसोलेसन सेन्टरमा उपचार गर्ने समेत उनले बताए । आइसोलेसन सेन्टरमा अझै अक्सिजनको अभाव रहेकाे बताउदै अध्यक्ष केसीले अक्सिजन सिलिण्डर लगायत अावश्यक साम्रागीहरु सहयोग गरिनिदको लागि केसीले सवैमा अपिल गरेकाछन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित