दाङका १४ पत्रकारमा कोरोना संक्रमण

दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार जिल्लाका विभिन्न मिडियामा कार्यरत १४ पत्रकारलाई कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर रहेका छन् । गम्भीर संक्रमितको उपचार भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।

त्यसैगरि १२ जना पत्रकार अहिले होमआइसोलेसनमा बसेको पत्रकार महासंघ दाङका अध्यक्ष केसीले वताए । संक्रमित पत्रकारहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइरहेको र उनीहरुको अवस्था सुधारान्मुख उनले बताए । महासंघले हालै मात्र संक्रमित पत्रकारहरुको लागि आफ्नै भवनमा ६ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको गरेको छ ।

घरमा समस्या भएका संक्रमित पत्रकाहरुलाई नेपाल पत्रकार महासंघमा स्थापना गरिएको आइसोलेसन सेन्टरमा उपचार गर्ने समेत उनले बताए । आइसोलेसन सेन्टरमा अझै अक्सिजनको अभाव रहेकाे बताउदै अध्यक्ष केसीले अक्सिजन सिलिण्डर लगायत अावश्यक साम्रागीहरु सहयोग गरिनिदको लागि केसीले सवैमा अपिल गरेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित