बागलुङमा जिप दुर्घटनाबाट १४ जनाको मृत्यु, तीन जना घाइते

बागलुङ, १७ मंसिर । बागलुङ जिल्लाको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। उनका अनुसार तीन जना घाइते भएकाछन् भने एक जना बेपत्ता रहेकाछन् ।

मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका तीन जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य संस्था तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० नवराज भट्टराईले बताए । गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीपमा १८ जना सवार थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित