बालुवाटार जग्गा प्रकरण किर्ते मुद्दामा गच्छदारलाई पनि पक्राउ अनुमति

बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार लाई पक्राउको लागि अनुमति दिएको छ । गच्छदार संगैअख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ ।

जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत तत्कालीन कतिपय मन्त्री र सचिवहरु समेत परेको स्रोतले जनाएको छ ।

उनीहरुविरुद्ध कात्तिक २७ गतेभित्र किर्ते मुद्दा दर्ता हुनेछ । यसअघि अख्तियारले पनि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित