कोरोना रोकथाम कोषमा व्यवसायी शाक्यद्धारा १० लाख सहयोग


बुटवल, २९ वैशाख । कोरोना रोकथाम तथा उपचार कोषमा व्यवसायी कृष्ण शाक्यले १० लाख गरेकाछन् । उनले आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई १० लाख रुपैंयाको चेक हस्तान्तरण गरेकाथिए ।

भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने भएकाले आफूले सहयोग गरेको बताए। प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा १४ करोड रुपैंया जम्मा भएको छ । कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको थियो । यो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ । अहिले प्रदेश सरकारले चार वटा कोरोना अस्पताल बनाएर कोरोना रोगको उपचार गरिरहेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित