सांस्कृतिक विकासले मात्रै देशको विकास: सांसद केसी (फोटो फिचर सहित)

तुलसीपुर, २३ पुस ।प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले सांस्कृतिक विकासले मात्रै देशको विकास हुने भएकोले थारु समुदायको मौलिक कला, संस्कृतिको विकास गर्नुपर्ने कुरामा जोड दिएकाछन् । बुधबार तुलसीपुरको जबरपुरमा आयोजित क्षेत्रस्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन । थारु समुदायको आफ्नै विशिष्ट मौलिक संस्कृति भएता पनि पछिल्लो समयमा लोप भइरहेकाले यसको प्रर्वद्धनका लागि स्वंय थारु समुदाय अग्रसर हुनुपर्ने कुरामा जोड दिए । हरेक समुदायको भाषा, कला, संस्कृतिको विकासका लागि राज्यले लागि परेको बताउदै अझ यसको दिगो रुपमा राखिराख्नका लागि स्वंय समुदाय अझै अग्रसर हुनुपर्ने जरुरी रहेको उनको भनाइथियो । कार्यक्रमको प्रमुख अथिति समेत रहेका सांसद केसीले समृद्ध नेपालकालागि सामाजिक जागरणसंगै साँस्कृतिक रुपान्तरण आवश्यक रहेको बताएकाथिए ।


यसैगरि कार्यक्रममा प्रदेश सांसद धमकली चौधरीले थारु समुदाय कला संस्कृतिको हिसाबले अन्य समुदायभन्दा अगाडि रहेपनि आर्थिक सामाजिक हिसावले पछाडी रहेकाले आब थारु समुदाय आफ्नो कला संस्कृतिके विकास संगै आर्थिक स्तर बृद्धिमा जोड दिनुपर्ने बताएथिइन ।त्यसैगरि कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई सवै जातजाती, भेषभुषा, धर्म संस्कृतिको साझा पहिचानको रुपमा विकास गर्ने योजना रहेको बताएका थिए ।

नमुना भुह्यार थान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का वडा अधयक्ष नवराज लामीछाने, थारु पत्रकार संघक नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी लगायतले बोलेकाथिए ।
‘थारु कला संस्कृति हमार पहिचान, सांस्कतिक विकासक लाग हमार अभियान’ भन्ने मुल नारा सहित भएको माघ विशेष सांस्कृतिक कार्यक्रम हुनु अघि थारुहरुको मौलिक पहिचान झल्किने, भेषभूषा सहितकोे ¥यालीले तुलसीपुर वजारको परिक्रममा गरी कार्यक्रमा परिणत भएको थियो ।
थारु अगुवा छोटीलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नमुना भुह्यारथानका उपाध्यक्ष नारायण चौधरी र जयन्ती पत्रकार चौधरीले गरेकाथिए ।
पत्रकार र महटावाहरुलाई सम्मान
यसैविच नमुना भुह्यार थान तुलसीपुर आयोजना तथा थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ३ दाङको सहआयोजनामा भएको कार्यक्रममा विभिन्न व्यक्तिरुलाई सम्मान गरिएकोथियो ।

थारु भाषा, कला, संस्कृति क्षेत्रम योगदान पु¥याएको भन्दै रिर्पोटस् क्लवका अध्यक्ष शरद रेग्मी , पत्रकार सरिता चौधरीलाई सम्मान गर्न गरिएको थियो । त्यसैगरि थारु महटवा खिमलाल चौधरी, धिरेन चौधरी, गोवर्धन चौधरी, हरिराम चौधरी, कुसुमलाल चौधरीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ३ दाङका अध्यक्ष महेश चौधरीले जानकारी दिए ।
दंगीशरण ३ बैवाङ समुह प्रथम


यसैगरि मघौटा नाच प्रतियोगितामा दंगीशरण ३, बैबाङको समुह प्रथम भएको नमूना भुह्यार थानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका ७ पातुको समुह दाश्रो, शान्तीनगर समुह तेस्रो र दक्षिण कपरादेबी समुह सन्तवना भएकोथियो । प्रथमलाई आठ हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ६ हजार र सान्तवनालाई दुइहजार पाँचसय राशीको पुस्कार दिएको अध्यक्ष चौधरीले दंगीशरण खवरलाई जानकारी दिए । यसैगरि कार्यक्रममा सहभागि भएका सवै समुहलाई प्रोत्साहन बाफत एक हजार पाँच सय दिइएको उनले जानकारी दिए ।

निता चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित