पत्रकारिता तालिमले लेखनसंगै नेतृत्व विकासमा सहयोग पुग्छः अध्यक्ष गुरुङ


घोराही, २७ जेठ । फोनिज नेपालका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले पत्रकारिता तालिमले लेखनसंगै नेतृत्व विकासमा पनि उत्तिकै सहयोग पुग्ने बताएकाछन् । थारु पत्रकार संघ नेपालको आयोजनामा भर्चुअल मार्फत तीनदिने आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पत्रकारितामा लेख्ने र बोल्ने संगसंगै नेतृत्व विकासमा पनि उत्तिकै महत्पूर्ण सहयोग पुर्याउदै आएको बताए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका गुरुङले पत्रकारिता भनेको जति अभ्यास गर्यो त्यति निखारिदै जाने पेशा भएकाले तालिममा सहभागि भएका सवैलाई आजैदेखि लेखन र बोल्नेमा अभ्यास गर्न आग्रह गरे । त्यसैगरी यस्ताे अवस्थामा पनि थारू पत्रकार संघले भचुर्अल मार्फत पत्रकारिता तालिम सम्पन्न गरेमा संघलाइ धन्यवाद समेत दिएकाथिए ।

त्यसैगरि कार्यक्रममाका विशिष्ट अतिथि थारु पत्रकार संघका केन्द्रीय सल्लाहाकार डा. कृष्णराज सर्वहारीले थारु पत्रकारले मातृभाषामा पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको अवस्थामा मातृभाषा संकटमा परिरहेकोले यसको विकासका लागि पनि मातृभाषामा कलम चलाउदै व्यवसायीकत पत्रकारितामा जोड गर्नुपर्ने बताए । लकडाउनको समयलाई सदुपयोग गर्दै आयोजना गरिएको पत्रकारिता तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नसकेमा ठूलो टेवा पुग्ने सर्वहारीले बताएकाथिए ।

त्यसैगरि अर्का विशिष्ट अतिथि थारु पत्रकार संघका केन्द्रीय सल्लाहाकार लक्की चौधरीले अनलाइन पत्रकारिता तालिमले धेरै नयाँ कुरा सिक्ने र सिकाउने अवसर मिलाएको बताए । आफुले लामो समयसम्म पत्रकारितामा आबद्ध भएता पनि केहि प्राविधिक कुराहरुमा ज्ञान थिएन तर संघले आयोजना गरेको तालिममा प्राविधिक ज्ञानहरुपनि सिक्ने अवसर मिलेको बताएकाथिए । उनले यो तालिममा सिकेको कुरा पत्रकारितामा मात्र नभइ आफ्नो व्यवहारिकमा पनि प्रयोग गर्न सकिने बताएकाथिए ।

यसैगरी थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितले पत्रकारितामा अवसर र चूनौति दुवै भएको बताउदै पत्रकारितालाई अवसरको रुपमा लिएर अगाडि बढ्न सकेमा पत्रकारिता पेशामा भविष्य रहेको बताएकाथिए । पछिल्लो समयमा पत्रकारिता पेशामा आवद्ध हुनेहरुको संख्या वढ्दै गएको बताउदै उनले हरेक नागरिकले पत्रकारिताको आधारभुत ज्ञान लिनुपर्ने आवश्यक रहेको अध्यक्ष दहितले औल्याएकाथिए । तीनदिनसम्म चलेको भर्चुअल मार्फत पत्रकारिता तालिममा भब्य रुपमा सम्पन्न भएको बताउदै उनले आगामी दिनमा छिट्टै अर्काे तालिमको आयोजना गर्ने बताएकाथिए । त्यसैगरि तालिममा सक्रिय रुपमा सहभागिता जनाउने सहभागिता र सहजकर्ताहरुलाई समेत अध्यक्ष दहितले धन्यवाद व्यक्त गरेकाथिए ।

संघ अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा थारु पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष कारी महतो, मलेसियाबाट तालिममा सहभागी आरएन थारु, साइप्रसवाट तालिममा सहभागी भएकी सरिता चौधरीले पत्रकारिता तालिमले आफुहरुलाई पत्रकारिताको बारेमा धेरै कुरा सिक्ने अवसर पाएको बताएकाथिए । तालिमको अन्तिम दिन फिल्ड रिर्पोटीङको बारेमा पत्रकार ठाकुरसिंह थारु र पत्रकारिताको आचार संहिताको विषयमा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सहजीकरण गरेका थिए भने कार्यक्रमका सहजीकरण थारु पत्रकारसंघ नेपालका महासचिव सन्तकुमार चौधरीले गरेकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित