कोदालो प्रहार गरेर ५ जनाको हत्या


बुटवल — रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् । यो खबर घनश्याम गौतम र अमृता अनमोलले कान्तिपुर अनलाइनमा लेखेकाछन्

मृत्यु हुने २ जना श्रीमान्(श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार मृतकको सनाखत गरिएको छ ।

हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । थापाका अनुसार सबैको घाँटीमा चोट छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी थापाले बताए ।

प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित