थारु समुदायको मौलिक पहिचान बचाउनका लागि थारुहरु एक हुनुपर्ने

निता चौधरी
तुलसीपुर, १७ असोज । थारु समुदायको मौलिक पहिचान बचाउनका लागि थारु समुदायहरु जाग्नु पर्ने एक कार्यक्रमा बोल्ने बक्ताहरुले बताएका छन् ।

दशैँको अवसरमा तुलसीपुरमा नमुना भुइँह्यार थानको आयोजनामा आयोजित दशैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले थारु समुदायको मौलिक पहिचान हराउँदै गएकोप्रति थारु अगुवा तथा बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन् । आधुनिकीकरणको नाममा मौलिक संस्कुतिमा विकृति थपिने भएकाले आधुनिकीकरण हुने अवस्थालाई पनि ध्यान दिनु पर्ने बताए । भोलीका दिनमा थारुहरुको मौलिक पहिचानलाई खोज्नु पर्ने अवस्थाको सिर्जना हुन नदिने गरी जगेर्णा गर्न आवश्यक भएकोमा उनीहरुले जोड दिएका हुन् ।


संघिय सांसद हिराचन्द्र केसीले दाङंको पहिचान भनेको नै थारु समुदाय भएको बताएकाछन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेको सांसद केसीले नेपालको आदिवासी जनजाति धर्तीपुत्र थारु नै भएको बताउँदै सम्पुर्ण थारुहरुलाई आफ्नो पहिचान बचाउन आग्रह गरेकाथिए । ‘थारुहरुको पहिचान भनेको भेषभुषा र संस्कृति हो, उनले भने- यसलाई बचाउन अत्यन्त जरुरी छ ।, अरुबेला नभए पनि थारुहरुको कार्यक्रम र सभासमारोहमा आफ्नै मौलिक भेषभूषा लगाउँदा मौलिक पहिचानको जगेर्णा गर्नमा सहयोग पुग्ने उनको भनाई थियो । उनले थारु समुदायको पहिचानका लागि भुइँह्यार थानलाई जगेर्णा गर्दै थारु समुदायको संस्कृति झल्काउने भवन बनाउन आवश्यक भएको बताउँदै उक्त भवनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । स्थानिय तहबाट नै थारु भाषालाई व्यवस्थित गर्नु पर्ने आवश्यक रहेको बताएका थिए ।

थारु अगुवा राम बहादुर दहितले थारुहरुको पहिचान लोभ हुदै गएकोमा चिन्ता व्यक्त गर्दै थारुहरुको पहिचानलाई जगेर्णा गर्न आवश्यक भएको औल्याए । उनले भने , थारु भाषा तथा संस्कृति अपभ्रंश हुदै र परम्परागत संस्कारलाई त्याग्दै पश्चिमा संस्कृतिलाई अंगाल्दै जानुले थारुहरुको संस्कृति आधुनिकीकरण हँुदै गएकोमा चिन्ता व्यक्त गरे ।

नमुना भुइँह्यार थान समितिका अध्यक्ष राम शरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, आदिवासी जनजाती महासंघक दाङं जिल्ला अध्यक्ष शरण थारु, थारु राजनितिकर्मी तथा अगुवा रामजी चौधरी मिलन, थारु बुद्धिजीवी छोटीलाल थारु, बुझौना थारु, चन्द्र प्रसाद चौधरी, थारु कल्याण कारिणी सभा क्षेत्र नंबर तीनका सभापति महेश चौधरी, पूुर्व प्रहरी निरीक्षक गजेन्द्र बहादुर चौधरी, राजनितिकर्मी खुशीराम चौधरी, तुलसीपुर खानेपानी संस्थाका अध्यक्ष खेमराज वली, विजौरीका महटवा फूलमान चौधरी, नरेश चौधरी, सिताराम चौधरी, जगधनी चौधरी लगायतकाले बोलेका थिए । सो अवसरमा थारु समुदाय र दशैँ तिहारको रितिरिवाज विषयमा थारु पत्रकार संघ दांङकी सचिव निता चौधरीले प्रस्तुत गर्नु भएको कार्यपत्रको टिप्पणी सामाजिक अभियान्ता थारु बुद्धिजीवी तथा समाजसेवी रोहित थारु र कुल बहादुर चौधरीले गरेका थिए । नमुना भुइँह्यार थानका सल्लाहकार छोटीलाल थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित