दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भइन्

काठमाडौं, ६ वैशाख । नेपालको दोस्रो कोरोना (कोभिड-१९) संक्रमित युवती निको भएर आज अस्पतालबाट डिस्चार्ज भएकी छिन्  ।

गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत थिइन । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

आज शनिबारको रिपोर्ट पनि नेगेटिभ आए पनि उनलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् भने अब नेपालमा २८ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित