दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भइन्

काठमाडौं, ६ वैशाख । नेपालको दोस्रो कोरोना (कोभिड-१९) संक्रमित युवती निको भएर आज अस्पतालबाट डिस्चार्ज भएकी छिन्  ।

गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत थिइन । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

आज शनिबारको रिपोर्ट पनि नेगेटिभ आए पनि उनलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् भने अब नेपालमा २८ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित