नारायणपुरमा योगा हलको शिलन्यास

योगा हलको संयुक्त रुपमा शिलान्यास गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमाकुमारी डिसी ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० मा नारायणपुर योगा हल बन्ने भएको छ । योग अभ्यासको लागि स्थानीय सरकारको सहयोगमा योगा हल बन्न लागेको घोराही उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

यसैविच योगा हलको बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमाकुमारी डिसीले संयुक्त रुपमा शिलन्यास गरेकाछन्। चालु आर्थिक बर्षका लागि घोराही उमपहानगरपालिकाले योगाहल निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दूर सञ्चार टोल विकास समितिका अध्यक्ष मोहन आचार्यको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख डिसीको बिशिष्ट आतिथ्यतामा एक औपचारीक कार्यक्रम गरि योगा हलको शिलन्यास गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अब विस्तारै सबै नागरिकहरुले आ आफ्नो घरमा योगा अभ्यास गर्ने अबस्था आउने बताए । शारिरीक स्वस्थताले मात्रै पारिवारी र सामाजिक विकास हुने धारणा राखेकाथिए। व्यक्ति स्वस्थ रहन योग अपरिहार्य भएको उनको भनाइथियो । कार्यक्रममा नगर उपप्रमुख डिसीले योग अभ्यासले व्यक्तिको शारिरीक, मानसिक स्वस्थता कामय गर्दैै सामाजिक क्षेत्रमा समेत प्रभाव पार्ने बताइन।

यस्तै कार्यक्रमा पतन्जली योग समितिका दाङ जिल्ला प्रभारी उदयबहादुर डाँगीले योगा अभ्याले व्यक्तिको जीवन सुखमय बन्ने बताए । कार्यक्रममा नेकपा एमाले घोराही १० का अध्यक्ष तिलक महरा, नेपाली कांग्रेसका वडा सभापती देवबहादुर वली, दूर सञ्चार टोलका सल्लाहकार ज्ञानबहादुर बस्नेत, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, योग प्रशिक्षक दानबहादुर बुढाथोकी लगायतले बोलेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित