दाङमा एक जनप्रतिनीधि सहित थप १३ जनामा कोरोना, संक्रमितको संख्या २ सय ८५ पुग्यो


घोराही ८ असार । दाङमा एक जनप्रतिनीधि सहित थप १३ जना कोरोना संक्रमित पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ ।

सोमवार थपिएका संक्रमित सवै घोराही उपमहानगरपालिकाको नागरिक रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए । उनका अनुसार संक्रमित मध्ये एक जना जनप्रतिनिधी र अन्य १२ जना भारतबाट लाई कोरोना संक्रमण पुष्टि भएको हो ।


जेठ २४ गते स्वाब संकलन गरिएको र आज १६ दिन पछि रिपोर्ट आउदा जनप्रतिनीधिलाइ कोरोनाको संक्रमण पुष्टि भएको हो । त्यसैगरि नयाँ संक्रमित हुनेहरुमा घोराही २ का १७, २२ र ३८ बर्षका पुरुष, वडा नम्बर ३ का २३ र ३० बर्षका पुरुष, वडा नम्बर ६ का १६, १९, २३, २३, २५, ३२ र ३७ बर्षका एक महिला सहित ५ पुरुष र वडा नम्बर ५ का ३१ बर्षका एक पुरुषमा कोरोना देखिएको हो ।

घोराही उपमहानगरको मावि वुका र आधारभूत बिद्यालय भैसकुरबाट संकलन भएको २ सय ६७ जना मध्य ३७ जनाको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित