थारु पत्रकार संघ दाङ शाखाको अध्यक्षमा नविन, सचिवमा निता चौधरी

घोराही, १ भदौ । थारु पत्रकार संघ दाङ शाखाको अध्यक्षमा नविन चौधरी चयन भएकाछन् । शनिवार रातिसम्म भएको अधिवेशनमा चौधरीलाई सर्व सहमतिमा चयन गरिएको निर्वाचन अधिकृत रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा शिवहरी चौधरी, सचिवमा निता चौधरी, सहसचिवमा सरिता सरु चौधरी, कोषाध्यक्षमा नगेन्द्र चौधरी चयन भएका हुन । त्यसैगरि सदस्यहरुमा उदिराम चौधरी, विष्णु चौधरी, सरिता चौधरी, जयन्ती चौधरी, डिला चौधरी, मिना चौधरी, सरु चौधरी, मनोज चौधरी र शालिकराम चौधरी रहेकाछन् ।

थारु पत्रकार संघ दाङ शाखाको अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष नविन चौधरी (दायाँ) र सचिव निता चौधरी (बाँया)

यसैगरि केन्द्रीय अधिवेशनको लागि ८ जना केन्द्रीय प्रतिनीधि पनि सर्वसहमितिमा चयन गरिएको निर्वाचन अधिकृत चौधरीले जानकारी दिएकाछन् । उनका अनुसार केवि चौधरी, लक्ष्मिमान चौधरी, छविलाल कोपिला, लालु चौधरी, दिप्तीशिखा चौधरी, अन्जना चौधरी, सवि थारु र श्रीराम दहित रहेकाछन् ।

थारु समुदायको मौलिक कला संस्कृतिको विकासमा जोड
यसैगरि थारु पत्रकार संघ दाङ शाखाको चौथो अधिवेशलाई सम्वोधन गर्दै घोराही उपमहागरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले थारु समुदायको इहितासको खोजि गर्दै उनिहरुको मौलिक भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्धनका लागि थारु पत्रकार संघले कलम चलाउनुपर्ने कुरामा जोड दिएकाथिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका चौधरीले पछिल्लो समयमा थारु भाषा, कला, संस्कृति लोप भइरहेको चिन्ता व्यक्त गर्दै हामी संग जे छन्, त्यसलाई बचाएर वाँकी इतिहासको खोजि गर्नु पर्ने बताए । कुनै बेला आफुपनि रेडिया नेपालको क्षेत्रिय प्रशारणमा हुदा नेपालीलाई थारु भाषामा उल्था गरेर समाचार पढ्थे तर त्यसो नभइ अव आफै फिल्डमा गएर थारु भाषाको टिपिकल शब्दको खोजि गरि आम पाठकहरुको माझमा ल्याउन सक्दा राम्रो सन्देश जाने उनको भनाइथियो ।


आफुहरुले गत बर्ष देखि घोराही उपमहागरपालिकाकबाट थारु भाषालाई सरकारी कामकाजीको रुपमा ल्याएता पनि अझ यसको कार्यान्वयन आउन नसेको दुखेसे व्यक्त गर्दै सवै थारु पत्रकारहरुले यसलाई कार्यान्वयमा ल्याउनका लागि आ–आफ्नो संचार माध्यमबाट आम थारु समुदायलाई थारु भाषामा निवेदन लेख्न र दिनका लागि कलम चलाइलिदन आग्रह गर्छु, नगरप्रमुख चौधरीले भने,–‘हामीले संविधानले दिएको अधिकार अनुसार सवै समुदायको भाषालाई सम्मान गर्दै घोराही उपमहागरपालकामा थारु समुदायको बाहुल्य भएकोले थारु भाषालाई सरकारी कामकाजी संगै अब आउने बर्षदेखि थारु भाषामा पठनपाठको लागि पनि तयारी गरिरहेका छौं ।’
यसैगरि नेपाल पत्रकार महसंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल दाङको समृद्धिको लागि थारु समुदायको विकास विना असंभव भएकोले उनिहरुको हरेक क्षेत्रमा हुनुपर्ने बताए । उनले भने थारु समुदायको भाषा लोप हुनु भनेका एउटा थारु भाषाको व्याकरण नहुनुको कारण पनि हो, त्यसैले थारु व्याकरण बनाउनकालागि स्थानिय सरकारले यो विषयमा ध्यान दिनुपर्छ । यसैगरि थारु पत्रकारहरुको क्षमता तथा नेतृत्व विकासका लागि नेपाल पत्रकार महासंघले जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता पोख्रेलले प्रतिवद्धता व्ययक्त गरेकाथिए । त्यसैगरि थार पत्रकार संघको कन्द्रीय सदस्य तथा प्रदेश पाँचको संयोजक सन्तोष दहितले थारु पत्रकार संघले थारु भाषा, कला, संस्कृतिको विकासका लागि विशेष कलम चलाइरहेका बताएकाथिए ।
संघकी कार्यवहाक अध्यक्ष अन्जना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महसांघ दाङ शाखाको अध्यक्ष सविन प्रियाशन, संघका सल्लाहाकर केवि चौधरी, लक्ष्मिमान चौधरी, छविलाल कोपिला, कानुनि सल्लाहकार अधिवक्ता रामशरण चौधरी, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, थारु वुद्धिजीवि विकास चौधरी, प्रेस संगठनका प्रकाश चौधरी, प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदी लगायतले शुभकामना मन्तव्य राखेकाथिए । संघकी पुर्व उपाध्यक्ष दिप्ती शिखा चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघको सचिव नविन चौधरीले गरेकाथिए ।
दुइजना पत्रकारलाई सम्मान


यसैविच संघले थारु भाषा, कला, संस्कृतिको विकासमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भुमिका खेलेको भन्दै पत्रकार दिप्तीशिखा चौधरी र निता चौधरीलाई सम्मान गरिएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित