थारु मानक भाषाका लागि आयोगले सहजीकरण गर्नेः अध्यक्ष चौधरी

लमही, २० माघ । थारु आयोगका अध्यक्ष विष्णप्रसाद चौधरीले थारु भाषालाई मानक भाषा बनाउनका लागि थारु आयोगले सहजिकरण गर्ने बताएकाछन्, । थारु आयोगको आयोजना तथा थारु पत्रकार संघ, नेपालको सहजीकरणमा आइतबार दाङको लमहीमा भएको थारु पत्रकारहरुका लागि क्षमता अभिबृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरा बताएकाहुन् ।
उनले बेलाबखतमा थारु भाषालाई मानक भाषा बनाउने बहस भएता पनि अझसम्म हुन नसकेकोले अब थारु आयोगले थारु विज्ञहरुसंग विशेष छलफल गरेर थारु मानक भाषा निर्माणको लागि योजना बनाइरहेको बताए ।

यसैगरि अबको एक दशकभित्र थारु भाषा, साहित्यको संरक्षण गर्न नसकेमा थारु भाषा साहित्य नै सिद्धिने खतरामा रहेको बताउदै चौधरीले यसको विकासका लागि युवा पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए । थारु आयोगले थारुको थर पहिचान गर्ने, पुराना ज्ञान, सीप र हस्तकलाको संरक्षण तथा हस्तान्तरणमा ध्यान दिने बताए । थारु समुदायको उत्थानको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको समेत चौधरीले बताए ।
थारु पत्रकार संघ नेपाल र थारु आयोगबीच पहिलो साक्षात्कार कार्यक्रम गरेर थारु आयोगको काम, कर्तव्य र जिम्मेवारी, भएको उपलब्धीबारे पत्रकारलाई जानकारी गराउने, र आयोगलाई प्रभावकारी बनाउनका लागि महत्पुर्ण सुझाव दिएकोले अझ यसलाई फराकिलो बनाउनका लागि आगामीदिनमा थारु पत्रकार संघ नेपालसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेकोथिए ।


थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्ष सन्तोष दहितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागी थारु पत्रकारहरुले थारु आयोगको सम्पुर्ण थारुहरुको भावानालाई समेतेर आयोगको कामलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए । आयोगले थारु भाषा, कला, संस्कृतिको मात्र नभई थारु समुदायको हरेक मुद्दालाई प्राथमिकरण गरी त्यसको समाधानका लागि सरकारलाई दबाब दिनुपर्ने बताएकाथिए ।


कार्यक्रममा थारु पत्रकार संघका सल्लाहकार लक्की चौधरीले थारु अयोगप्रति थारु पत्रकारको भूमिका, कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीले पत्रकारिताको मुल्यमान्यता र आचारसंहिता, थारु आयोगका शाखा अधिकृत जागुराम चौधरीले थारु आयोगको काम कर्तब्यको बारेमा प्रस्तुतिकरण गरेकाथिए । कार्यक्रममा सूदुरपश्चिम, कर्णाली र पाँच नंम्बर प्रदेश सहित ३ प्रदेशको ९ जिल्लाबाट ३० जना थारु पत्रकारहरुको सहभागिता रहेकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित