लुम्बिनीको चार उपमहानगरमा कसले मार्ला बाजी ?

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वार छनौटसंगै लुम्बिनी प्रदेशका चारवटा उपमहानगरपालिका कसले बाजि मार्ला ? यो प्रश्नका जवाफ चुनाव अगावै भन्ने सकिने अवस्था छैन । तर, फलानो दलले जित्न सक्ने भनेर अहिले अड्कलबाजि गर्न सुरु गरिएको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेविच कडा प्रतिस्पर्धा हुने नै देखिन्छ । महानगर र उपमहानगरमा सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाविच तालमेल गरेर संयुक्तमा उम्मेद्वार उठाएकाछन् ।

गठबन्धनले तुलसीपुरको मेयरमा नेपाली काँग्रेसबाट गेहेन्द्र गिरी र उपमेयरमा नेकपा (एकिकृत समाजवादी)बाट जोगबहादुर राना, घोराहीको मेयरमा नेकपा माओवादी केन्द्रबाट हेमराज शर्मा (डायमण्ड) र उपमयेरमा नेपाली काँग्रेसबाट भुपबहादुर डाँगीलाई उमेद्वारी बनाएको छ । यस्तै बुटवलको मेयरमा नेपाली काँग्रेस खेलराज पाण्डेय र उपमेयरमा नेकपा (एकिकृत समाजवादी) चिनबहादुर गुरुङ, नेपालगंजको मेयरमा नेपाली काँग्रेसबाट टुंग्याउन बाकि छ । यस्तै उपमेयमा जनता समाजवादी बाट मोहम्मद कमरुद्धिन राइ उम्मेद्वार बनाएको छ ।

नेकपा एमालेले भने एक्लै चारवाटै उपमहानगरमा सत्तारुढ गठबन्धनसंग भिड्ने भएको छ । घोराही मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी, तुलसीपुर मेयरमा टिकाराम खड्का र स्यानी चौधरीलाई उमेदवारी बनाएको छ । त्यस्तै बुटवल उपमहानगर मेयरमा बाबुराम भट्टराई र उपमेयमार सावित्रादेवि अर्याल र नेपालगञ्ज उपमहानगर मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्तिदेवि ढकाललाई उमेद्वार बनाएको छ ।

गत चुनावको परिणाम
२०७४ को स्थानीय निर्वाचनमा लुम्वनी प्रदेशका चारवटा उपमहानगर मध्ये घोराही, तुलसीपुर र बुटवल उपमहानगरको मेयर र उपमेयर सहित बहुमत वडा अध्यक्षमा एमालेले जितेको थियो भने नेपालगञ्ज उपमहानगरको मेयरमा राप्रपाले जितेकोथियो ।

घोराही उपमहानगर
गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरको मेयरमा एमालेका नरुलाल चौधरी जितेकाथिए । उनले २२ हजार ३० मत ल्याएर विजयी भएकाथिए । यस्तै दोस्रोमा नेपाली काग्रेका उम्मेद्वार भुपबहादुर डाँगीले १७ हजार चार सय ८४ मत पाएकाथिए । तेस्रो नम्बरमा नेकपा माओवादी केन्द्रका जिवन गौतमले १२ हजार ८२ मत पाएकाथिए ।

तुलसीपुर उपमहानगरमा
यसैगरि तुलसीपुर उपमहानगरको मेयरमा एमालेका नेता घनश्याम पाण्डेय जितेकाथिए । उनले २२ हजार आठ सय ५७ मत ल्याएर विजयी भएकाथिए । यस्तै दोस्रोमा नेपाली काग्रेका उम्मेद्वार गेहेन्द्र गिरीले १८ हजार नौ सय ३ मत पाएकाथिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार शेशुराम भण्डारी ८ हजार ६ सय ९३ मत ल्याएर तेस्रो भएकाथिए ।

बुटवल उपमहानगरमा
त्यसैगरि बुटवल उपमहानगरको मेयरमा एमालेका शिवराज सुवेदी निर्वाचित भएकाथिए । उनले २३ हजार दुई सय ४९ मत पाएर विजयी भएकाथिए । यस्तै दोस्रोमा माओवादी केन्द्रको समर्थन पाएका नेपाली काँग्रेका उम्मेद्वार खेलराज पाण्डेयले २० हजार ८ सय ५१ मत पाएकाथिए । गत स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरमा नेपाली काँग्रेस मेयर र माओवादी केन्द्र उपमेयर लिएर गठबन्धन गरेर निर्वाचनमा होम्मिएकाथिए ।

नेपालगञ्ज उपमहानगरमा
त्यसैगरि नेपालगंज उपमहानगरको मेयरमा राप्रपाका धवल समशेर राणा विजयी भएकाथिए । जितेकाथिए । उनि १२ हजार ५ सय १५ मत प्राप्त गरेकाथिए । यस्तै नेपाली काँग्रेका उम्मेद्वार सुरेश कनौडिया ८ हजार ७ सय ३० मत ल्याएर दोस्रो भएकाथिए । तेस्रो नम्बरमा नेकपा माओवादी केन्द्रका दामोदर आचार्य ७ हजार १ सय ९८ मत पाएकाथिए भने नेकपा एमाले का सम्सुद्दिकी ६ हजार ९ सय ६५ मत ल्याएर चौथो भएकाथिए ।

नयाँ मतदाता संख्या
तर, पछिल्लो मतदाताको संख्या हेर्ने हो भने लुम्बिनी प्रदेशका ४ उपमहानगरमा १ लाख ८ हजार ३ मतदाता संख्या थपिएकाछन् । प्रत्येक उपमहानगरमा २० हजार भन्दा बढि मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार गत निर्वाचनमा तुलसीपुरमा ७६ हजार ८ सय ९३ मतदाता थिए भने यसपटक १ लाख ७ हजार ६ सय ७७ मतदाता छन्, गत निर्वाचनभन्दा यसपटक ३० हजार ७ सय ४ नयाँ मतदाता थपिएकाछन् । त्यसैगरि घोराहीमा गत निर्वाचनमा ७८ हजार ४ सय २७ मतदाता थिए भने यसपटक १ लाख १२ हजार ९ सय २७ जना मतदाता रहेकाछन् । घोराहीमा अहिले ३४ हजार पाँच सय नया मतदाता संख्या थपिएकाछन् ।

त्यस्तै वुटवल उपमहानगरपालिकामा गत निर्वाचनमा ६६ हजार ६ सय ६३ मतदाता थिए भने यसपटकको मतदाता संख्या ९० हजार ६५ जना रहेकाछन । बुटवलमा २३ हजार ४ सय २ नयाँ मतादता थपिएकाछन् । यसैगरि नेपालगञ्ज उपमहानगरपालिकामा गत निर्वाचनमा ६२ हजार ३ सय ९७ मतदाता थिए । यसपटक ८१ हजार ७ सय ९४ मतदाता रहेकाछन् । नेपालगञ्जमा १९ हजार ३ सय ९७ नयाँ मतदाता थपिएकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित