घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीलाई खाद्य अधिकार सन्जाल दाङद्धारा सम्मान गरिएको छ । संजालकी अध्यक्ष समेत रहेकी डिसीलाई घोराही उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले संयुक्तमा कार्यक्रम आयोजना गरेर सम्मान तथा बधाई दिएको हो । कार्यक्रममा उपमेयर डिसीले सबैको साथ सहयोगमा काम गर्ने बताइन् । […]

घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले समृद्ध उपमहानगरपालिका अबको गन्तव्य रहेको बताएका छन् । आज आइतबार नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अब उपमहानगरपालिकालाई थप विकास र समृद्धिसँग जोड्न लागिपरेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख चौधरीले […]

दिउँसो स्कूल जान्थे भने बिहान-बेलुका जमीनदारको हलो जोत्थे। बिदाको दिन त हली हुनैपर्थ्यो। “एसएसली गर्दासम्म हली भएर काम गरें,” उनी भन्छन्। सानैमा आमाबुबा गुमाएपछि भारतमा मजदूरी र गाउँमा हली भएर जीविकोर्पाजन गरेका टीकाराम खड्का सुकुम्बासी बस्तीबाट तुलसीपुर उपमहानगरको मेयर चुनिएका छन्। लामो समय नेकपा (एमाले) को सामान्य कार्यकर्ताका रूपमा क्रियाशील खड्का […]

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ । मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । पाँच दलिय गठबन्धनलाई पराजित गर्दै खडका र चौधरीले एमालेको विरासत कायम गरेका हुन् । खड्काले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गेहन्द्र गिरीलाई […]

नेकपा एमालेका महासविच शंकर पोख्रेलको वडामा नेकपा एमालेका वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ । जिल्लामा केन्द्रीय तहका नेताहरु आफ्नै वडामा पराजित भइरहेको बेला एमालेका महासचिव शंकर पोख्रेलको वडामा भने एमालेकाे प्यानल विजयी भएको हो । पोख्रेलले आफ्नो वडा मात्र नभइ जिल्लाको दुइ उपमहानगरपालिका पनि बहुमत सहित मेयर र […]

तुलसीपुर उपमहानगरपालिकाको कुल खसेको मत मध्ये करिब ९ हजार मत मात्र गणना गर्ने बाँकी रहदा मेयर र उपमेयरमा एमाले अग्रस्थानमा रहेको छ । नेकपा एमालेका मेयरका उम्मेद्वार टीकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली काँग्रेसको उम्मेद्वार गेहेन्द्र गिरीलाई २ हजार ३३० मतले […]

  तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले आफ्नो मतान्तर बढाउदै अग्रता कामय गरेको छ । मेयरमा नेकपा एमालेका उम्मेद्वार टीकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली काँग्रेसको उम्मेद्वार गेहेन्द्र गिरीलाई एक हजार ७५७ मतले पछाडि पारेका छन । अहिलेसम्म गणना भएको ४६ […]

  दाङ तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले थप आफ्नो मतान्तर बढाउदै अग्रता कायम गरेका छन्। एमालेका मेयर उम्मेद्वार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई झण्डै एक हजार मतले पछाडि पारेकाछन् । खड्का आफ्नो निकटम प्रतिस्पर्धी गिरी भन्दा ९६२ मत अगाडि छन्। ३७ हजार ८५२ […]

तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायमै राखेका छन्। २९ हजार ७५७ मत गणना गर्दा एमालेका मेयरका उम्मेदवार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई ३८९ मत पछाडि पारेका छन्। खड्काले १२ हजार ४२९ मत र गिरीले १२ हजार ४० मत प्राप्त गरेका छन्। यसैगरी […]

चन्द्रबहादुर गुरुङ पाँच बर्ष अगाडि दाङको एक वडाको कार्यालयमा सहयोगीको रुपमा जागिर पाए । उनलाई यस अघि २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष गोकर्णबहादुर रानाले वडा कार्यालयको सहयोगिको रुपमा नियुक्त गरे । कार्यालय सहयोगीको रुपमा जागिर पाएपछि गुरुङले कार्यालयमा पुछा लगाउने देखि कार्यालयको डकुमेन्टलाई मिलाएर राख्नेसम्मको जिम्मेवारी […]

भर्खरै प्रकासित