तुलसीपुर उपमहानगरको मेयरमा टीकाराम झण्डै एक हजार मतले आगडि

 

दाङ तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले थप आफ्नो मतान्तर बढाउदै अग्रता कायम गरेका छन्।

एमालेका मेयर उम्मेद्वार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई झण्डै एक हजार मतले पछाडि पारेकाछन् । खड्का आफ्नो निकटम प्रतिस्पर्धी गिरी भन्दा ९६२ मत अगाडि छन्।

३७ हजार ८५२ मत गणना गर्दा खड्काले १५ हजार ९१७ मत पाएकाछन्, भने गिरीले १४ हजार ९५५ मत प्राप्त गरेका छन्।

यसैगरी उपमेयरमा शुरुआतदेखि नै अग्रस्थानमा रहेका एमालेकी स्यानी चौधरी थप मतान्तर बढाउँदै लगेकी छन्। उनि आफेनो प्रतिस्पर्धी भन्दा चौधरीले चौधरीले ३ हजार ९९४ मतले अगाडि छन् ।

चौधरीले १५ हजार ६८ मत र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले ११ हजार ७४ मत प्राप्त गरेका छन्।

तुलसीपुर उपमहानगरमा ७४ हजार ३९३ मत खसेको छ ।

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित