रिप्लान्ट परियोजनाका सहजकर्तालाई तीनदिने तालिम

रिप्लान्ट परियोजनाका सहजकर्तालाई तीनदिने सामुदायिक व्यावसायकि क्षमता विकास तालिमको आयोजना गरिएको छ । ग्रामिण महिला उत्थान केन्द्र र आइ.डी.ई. नेपालको साझेदारीमा दाङमा संचालित रिप्लान्ट परियोजनाका सहजकर्तालाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले रिप्लान्ट परियोजनाले कृषकहरुले उत्पादन गरेका बालानालीको स्याहरसंगै विउविजनलाई सुरक्षित बनाउनमा सहयोग पुग्ने बताएका थिए । कृषि ज्ञान केन्द्र दाङका प्रमुख घनश्याम चौधरीले यो परियोजनाको कार्यक्रम किसान लक्षित भएकोले किसानहरुलाई कृषि क्षेत्रमा पहुच बढाउन सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले हर्मेटिक ब्यागले बिउविजनलाई सुरक्षित राख्नमा सहयोग पुग्ने भएको हुँदा सबै किसान समक्ष यो हर्मेटिक ब्याग पुग्न जरुरी रहेको बताए ।

यस्तै ग्रामीण महिला उत्थान केन्द्रका सस्थापक अध्यक्ष आसमानी चौधरीले रिप्लान्ट परियोजनाका सहजकर्ताले कृषकसंग जोडिएर काम गर्न सकेमा परियोजनाको लक्ष्य सम्म पुग्न सकिने बताइन । तीन दिने तालिमले सहजकर्ताको व्यक्तित्व विकास संगसंगै सामुदायिको व्यवसायीक क्षेत्रमा पनि सहयोग पुग्ने बताइन् ।

केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा आइ.डी.ई. नेपालका कार्यक्रम निर्देशक अष्ट प्रजापति, पत्रकारद्धय छवि पुरी, सन्तोष दहित लगायतले आफ्नो भनाइ राखेकाथिए । परियोजनाका कार्यक्रम अधिकृत सृष्टि शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विमा सुपरभाइजर अर्विन चौधरीले गरेकाथिए ।

तालिममा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाँउपालिका र दंगीशरण गाउँपालिकाका लागि छनौट भएका सहजकर्ताहरुको सहभागिता रहेको सस्थाले जनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित